हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई काठमाडौं छोड्न निर्देशन दिएको छ । राजपाले मधेशका गामघरमा गएर आन्दोलनको कार्यक्रमहरुलाई तीब्र बनाउन निर्देशन दिएको हो ।
काठमाडौंस्थित आइतबार राजपाको केन्द्रीय कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले नेता तथा कार्यकर्ताहरुलाई उक्त निर्देशन दिएको हो । मधेशका सम्पूर्ण गाउँ, सहरबजार तथा वडाहरुमा आन्दोलन समिति गठन गर्न निर्देशन पनि दिइएको छ ।
आइतबार अध्यक्ष मण्डलका नेताहरुले पार्टीका कार्यकर्ता तथा नेताहरुलाई आन्दोलनको सशक्त प्रतिकार गर्नसमेत दिर्नेशन दिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आन्दोलनलाई शसक्त बनाउँदै निर्वाचनका सम्पूर्ण गतिविधि विथोल्न निर्देशन दिएका हुन् ।
तस्बिर : प्रदिप पाठक



