हुलाकी न्यूज, बीरगञ्ज । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले आइतबार मधेशका जिल्लाहरुमा लाठी जुलुस प्रदर्शन गरेको छ । गठबन्धनको घोषित कार्यक्रमअनुसार मधेशका सम्पूर्ण जिल्लामा लाठी जुलुस प्रदर्शन गरिएको छ ।

शनिबार मधेशका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरिएको थियो । संविधान संशोधन विना निर्वाचन गराइएको विरोधमा निर्वाचन विथोल्न गठबन्धनले आन्दोलनको घोषणा गरेको हो ।

गठबन्धनको आन्दोलनअनुसार निर्वाचनका सम्पूर्ण गतिविधि तथा उम्मेदबारी दर्ता प्रक्रिया विथोलिनेछ ।

सोमबार गठबन्धनले सम्पूर्ण जिल्लामा दिउँसो अन्तरक्रिया गर्नेछ भने साँझ मैनबती प्रज्वलन गरी सहिदहरुप्रति श्रद्धाञ्जली दिनेछ ।

तस्बिर : सन्तोष पटेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.