
हुलाकी न्यूज, जनकपुरधाम । राष्ट्रिय जनता पार्टीद्धारा घोषित कार्यक्रम अनुसार शनिबार मधेशमा मसाल जुलुस प्रदर्शन भएको छ । मधेशका प्रत्येक सहर तथा अधिकांश गाउँमा मसाल जुलुस प्रदर्शन भएको स्थानीय हुलाकी न्यूज सहकर्मीहरुले जनाएका छन् ।
संविधान संशोधन विना दोस्रो चरणको निर्वाचन गर्न लागेको भन्दै निर्वाचन विथोल्न राजपाले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार मसाल जुलुस प्रदर्शन गरिएको हो ।
विराटनगर, इनरुवा, राजविराज, लाहान, जनकपुर, जलेश्वर, मलंगवा, गौर, कलैया, बीरगञ्ज, नवलपरासी, भैरहवासहितका सहरमा ठूलो संख्यामा प्रदर्शन भएको जनाइएको छ । त्यस्तै, गाउँ स्तरमा पनि प्रदर्शन भएको छ ।
राजपाको घोषित कार्यक्रमअनुसार आइतबार लाठी जुलुस प्रदर्शन हुनेछ । साथै वडासम्म आन्दोलन समिति गठन गरिनेछ ।



