
हुलाकी न्यूज, काठमाण्डौ, जेष्ठ । आज भोली धेरै जसो मानिसहरु विभिन्न कारणले गर्दा राम्रो खान पानमा ध्यान दिइरहेका हुँदैनन् । सधै कामको चापले गर्दा र हत्तारमा अगाडि पेट भर्न जे पाउँछन् त्यहि खाने गर्या पाएका छौँ । जीवनको रफ्तारसँग शरीरमा बढिरहेको मोटो पनाले हैरान पनि छन् । कतिलाई लाग्छ कि मैले राम्रो र स्वस्थ खाना खान्दै छु तर पनि किन मरो शरीर अस्वस्थ छ ।
हो, यहि अन्योलमा रहेको अस्वस्थबाट स्वस्थमा कसरी परिवर्तन ल्याउने जस्ता जानकारी डा. दिलजानले बताउँदै छन् । आजको रफतरमा खान पिनमा तालमेल कसरी ल्याउने, हाइजीन खाना लगायत अन्य खानपिन बारे जानकारी दिँदै छन् डा.ले ।
१. बिहान चियासँग बिस्किटको ठाउँमा बदाम, उमालेको क्वाटी, उसिनेको मकै, ओट, कर्नफेक्स खान सकिन्छ जस्ले गर्दा हाम्रो दिनचर्या स्वस्थ हुन्छ ।
२. हामी खानासँग अचार धेरैले मन पराउँछौ तर अचार स्वस्थको लागि धेरै हानीकारक हुन्छ किनकि अचारमा अत्याधिक मात्रामा नुन हुन्छ जस्ले गर्दा उच्च रक्तचाप हुन्छ त्यस कारण अचारको ठाउँमा बरु हरियो खुर्सानी खाँदा राम्रो ।
३. खानासँगै पानी/दुध खाने गर्छौ । तर, खानासँग पानी दुध वा अन्य पेयपदार्थ नखादै राम्रो । बरु खानालाई बिस्तारै अलिक समय लगाए रै खाने गरम जस्ले गर्दा हाम्रो शरीरले खाना राम्ररी पचाउँन सक्छ ।
४. पाकेको र काचो खाने कुरा सँगै कहिले नाखाउँ । खानाको आधा घण्टाको फरकमा खाँदा हुन्छ ।
५. पाहुना भएर कसैको घर जाँदा धेरै मसालेदार खाना खान्छौ र नाइ पनि भन्न सक्दैनौ जस्ले गर्दा आफ्नै शरीरलाई हानी पुर्याउँछौ । हामी आफै पनि आफ्नो स्वस्थलाई लिएर सचेत हुनु पर्छ ।
६. टेलिभिजनको एड तिर लागेर हामी के र कति खाँदैछौ हामीलाई थाभैरहेको हुँदैन् । एड अनुसार खाँदा आफैलाई था हुन्न कि हामी कति क्यलोरि, फ्याट, प्रोटिन, कोलेस्ट्रोल खाँदैछौ भनेर । राम्रो र स्वस्थ जीवनको लागि सचेत भई खाना खान आवश्यक छ ।
डा. दिलजानले भने जस्तै खानुस् र स्वस्थ रहनुस् । यसरी खाने बानी बसाल्नुस् र अनावश्यक मोटापन, अस्वस्थ र विभिन्न अन्य रोगहरुबाट बाच्नुस् ।
तलको भिडियोमा हेर्न सक्नुहुने छ कसरी हेल्दी खाना खाने र कसरी हेल्दी जीवन बाच्ने ।



