हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसहित संघीय गठबन्धनले आन्दोलन घोषणा गर्न लागेपछि प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबीच छलफल भएको छ ।
शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ठाकुरबीच छलफल भएको हो ।
स्रोतका अनुसार छलफलमा प्रचण्डले आन्दोलनको घोषणा नगर्न आग्रह गरेका थिए । प्रचण्डले मिलेरै स्थानीय निकायको निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए ।
तर ठाकुरले अब आन्दोलन नरोकिने बताए । यसअघि पनि प्रचण्डको आग्रहमा आन्दोलन घोषणाको कार्यक्रम स्थगित भएको बताउँदै ठाकुरले अव अन्दोलनको विकल्प नरहेको बताउँदै बाहिरिएका थिए ।
राजपाको अध्यक्ष मण्डलको बैठक दिउँसो ११ बजेदेखि विजुली बजारमा बसिरहेको छ । केही बेरमा संघीय गठबन्धनका नेताहरु पनि बैठकमा सहभागी भएपछि आजै आन्दोलनको घोषणा हुन सक्नेछ ।
दिउँसो एक बजे पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा हुने राजपाका सहप्रवक्ता कृष्णा सिंहले हुलाकी न्यूजलाई बताए ।
फाइल फोटो



