हुलाकी न्यूज, जनकपुरधाम । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई मधेश विरोधी भन्दै जनकपुरधाममा कालो झण्डा देखाएइएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग तीन बुँदे सहमति गरी प्रधानमन्त्री बनेका प्रचण्डले मधेश आन्दोलनका मागहरुलाई वेवास्ता गर्दै स्थानीय निकायको निर्वाचन गराएको आरोप जनकपुरबासीहरुले लगाएका छन् । उनीहरुले प्रधानमन्त्रीले मधेशको माग पुरा गराउन असक्षम रहेको भन्दै नारावाजी गर्दै कालो झण्डा देखाएका हुन् ।

आइतबार एक कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका प्रधानमन्त्रीलाई कालो झण्डा देखाइएको हो । कालो झण्डा देखाउने क्रममा युवाहरु पक्राउसमेत गरेका छन् ।

पक्राउ पर्नेहरुमा संयुक्त मधेश अधिकार संघर्ष समितिका संयोजक धर्मेन्द्र साह, मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्र, परिवर्तनको लागि यूवाको संयोजक सुशिल कर्ण, मधेश क्रान्ति संघर्ष समितिका संयोजक नविन यादव, युवा अगुवा दिपेन्द साह, प्रशान्त झा, जानी खान लगायतकाहरु पक्राउ परेका हुन् ।

स्थानीय सञ्चारकर्मीहरुका अनुसार उनीहरुमाथि प्रहरीले बलसमेत प्रयोग गरका थिए ।

जनकपुरधामस्थित भानु चौकमा नारावाजी गर्दै कालो झण्डा देखाएका युवाहरुले संविधान संशोधन विनाको निर्वाचन खारेज गर, झुठा मुद्दा खारेज गर जस्ता नारालगाएका थिए ।

पक्राउ परेका युवाहरुलाई केही बेर अघि तराई मानव अधिकार रक्षक संजालको पहलमा रिहा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.