हुलाकी न्यूज, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा सहभागी हुने बताएका छन् ।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यादवले दोस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुने विश्वास आफुलाई रहेको बताए ।
यादवले दोस्रो चरणको निर्वाचनमा राजपासहितका दलहरुलाई संयुक्त रुपमा उम्मेदबार खडा गर्न आग्रह गरेका छन् ।
साँझा उम्मेदबारले मधेशको अधिकांश सिट जित्ने सम्भावना रहेको बताउँदै यादवले मधेशवादी दल सशक्त नभए मधेशको माग पुरा हुन नसक्ने बताए ।
यादवले केही दरबारियाहरुले निर्वाचन विथोल्न खोजेको आरोपसमेत लगाए ।
यता यादव नेतृत्वको फोरम नेपालले पहिलो चरणको निर्वाचनमा भाग लिइ सकेको छ भने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदबार चयन गर्दैछ ।




EK HI DIN DO TARAH KA NEWS ? SURPRISING….