
हुलाकी न्यूज, मेरील्याण्ड(अमेरिका) । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ (एनआरएमए) अमेरिकामा पनि विस्तार भएको छ । इन्द्रजीत यादवको अध्यक्षतामा २१ सदस्यीय एनआरएमए अमेरिका शाखा गठन भएको हो ।
एनआरएमए अमेरिका शाखाको वरिष्ठ उपाध्यक्षमा अभिशेक झा, उपाध्यक्षमा अनिल चौधरी, सचिवमा प्रमोद जैसवाल, कोषध्यक्षमा धिरज कुमार, मिडिया कोडिनेटरमा अनिल यादव र प्रवक्तामा मनोज कुमार साह रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा अजय यादव, अजित यादव, भागल कापर, विजय चौधरी, धिरेन्द्र ठाकुर, कमलेश यादव, पिंकी झा, प्रमोद राज साह, रमेश साह, रोज रैज, रोशन महासेठ, तारा साह र उषा सिंह रहेका छन् ।
हालसम्म एनआरएमए ३६ वटा देशमा सक्रिय रहेको छ । गैरनाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि काम गर्दै आएको छ ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै एनआरएमएका अन्तर्राष्ट्रि समितिका अध्यक्ष बशन्त कुशवाहाले विश्वभरीका मधेशीहरुलाई जोड्ने अभियान अन्तरगत अमेरिकामा पनि एनआरएमए गठन भएको बताउनु भयो । उहाँले अमेरिकामा रहेका सम्पूर्ण मधेशीहरुलाई एनआरएमएमा सहभागी हुन आग्रहसमेत गर्नु भयो ।
कुशवाहाले एनआरएमए विश्वभरी विस्तार भइरहेको र हजारौं मधेशीहरु जोडिएको बताउँदै यसले मधेशको हितमा काम गर्दै सशक्त संस्था बन्ने विश्वास व्यक्त गर्नु भयो ।



