अपडेट
प्रहरीले गौरबाट पक्राउ गरेका नेताहरुलाई रिहा गरेको छ ।
रमेश ठाकुर, रौतहट ७ आश्विन । रौतहटको गौर भन्सार नाका ठप्प गर्ने मोर्चाका ८ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नेपाल–भारत सिमाबाट पक्राउ गरेको छ ।
संयूक्त लोकतान्त्रीक मधेशी मोर्चाको केन्द्रीय निर्णयअनुसार भन्सार नाका ठप्प गर्न गौर बैरगनियाको सिमामा रहेको पुलमा धर्नामा बसेका ८ जना नेता तथा कार्यकर्ताहरुलाई दशगजा क्षेत्रबाट बल प्रयोग गरि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य किशोरी यादव, जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेल, कोषाध्यक्ष सरफलाल यादव, नगर अध्यक्ष पाशपत यादव, तराई मधेश युवा अभियानका केन्दीय संयोजक ललीत मल्लीक सानु, विद्यार्थि फोरमका केन्दीय सदस्य ललन यादव, जिल्ला अध्यक्ष प्रकाश यादव, तथा एनेकपा माओवादीका कार्यकर्ता राजेश साह रहेका छन् ।
मोर्चाको निर्णय अनुसार आज दिउँसो १२ बजेदेखी गौर बैरगनियाको सिमामा रहेको पुलको दशगजा भित्र धर्नामा बसेका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले जबरजस्ती बल प्रयोग गरि हटाउन खोज्दा हट्न नमानेपछि प्रहरीले पक्राउ गरेको तमलोपाका नेता अनिल सिंहले बताए ।
नेता सिंहका अनुसार नेपाल भारतको दशगज्जा क्षेत्रमा बसेर निर्धारित कार्यक्रम गरिरहेको अवस्थामा सुरक्षाकर्मीहरु उक्त क्षेत्रमा पुगेर नियन्त्रणमा लिनु निन्दनीय कार्य गरेको हो । दिउसो १२ बजेबाट सुरु गरिएको उक्त नाकाबन्दी कार्यक्रमलाई प्रभावित पार्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिदासमेत आन्दोलनकारीहरु उक्त स्थानमा पुग्न सफल भएपनि केही बेरमै ८ जनालाई नियन्त्रणमा लिएर अन्तर्राष्ट्रिय कानुनको रौतहट प्रहरी प्रशासनले उलंघन गरेको तिव्र आक्रोश नेता सिंहले पोखे ।
मुस्लिम धर्मावलम्बीहरुको महान चाँड बकरिद शुक्रवार भएकोले उनीहरुलाई अप्ठ्यारो नहुन दिन दिउसो २ बजेबाट नाका ठप्प पार्ने कार्यक्रम आजको लागि स्थगित गर्दै भोलीदेखि २४ सै घण्टा सिमाक्षेत्रमा नाकाबन्दी गरिने सदभावनाका जिल्ला अध्यक्ष शेख जमशैदले हुलाकीन्यूज लाई बताए ।
पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका छन् ।




अब संविधान माेबाइल एपमै पढ्न सकिने https://play.google.com/store/apps/details?id=app.acharya.constitution.nepal
http://www.nepalinewspaper.com/2015/09/blog-post_951.html