हुलाकी न्यूज, काठमाडौं ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र खगेन्द्र माखिम नेतृत्वको संघीय लिम्बूवान पार्टी नेपालबीच एकीकरण घोषणा भएको छ ।

तीनकुनेस्थित फोरम नेपालको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीबीच एकीकरण भएको हो ।

नेपाली समाजमा विद्यमानरहेको जातीय, वर्गीय, क्षेत्रीय, लिङ्गीय, समुदायगत, भाषिक, सांस्कृतिक, धार्मिक र जातमा आधारित उत्पीडनको अन्त्य गर्ने प्रतिबद्धताका साथ एकीकरण घोषणा भएको हो ।

एकीकरणपश्चात् पार्टीको नाम, झण्डा र चुनावचिन्ह फोरम नेपालकै यथावत् रहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.