पुरन साह / जनकपुरधाम ७ आश्विन । संविधान घोषणालगतै पार्टीका झन्डा त्यागेर कालो झन्डा मुनी संयुतm लोकतान्त्रिक मधेशी मोर्चाले विरोधका कार्यक्रम गर्न थालेपछि आन्दोलनमा जनसागर र्ओलिन थालेको छ । पार्टीको झण्डाका पछाडि आन्दोलनमा जान हिचकिचाउने सर्वसधारणहरुसमेत अहिले स्वस्फूर्तरुपमा विरोधका कार्यक्रममा सहभागिता जनाउन थालेपछि विरोध सशतm हुन थालेको छ ।
‘पार्टीको झन्डा मुनी विरोधमा जान बुद्विजिवी हिचकिचाइरहेको थियो’ उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्मल चौधरीले भने, ‘तर कालोझन्डा मुनि स्वस्र्फुतरुपमा जनसहभागिता बढेको छ ।’
विहीवारसमेत जनकपुरमा विभिन्न कार्यक्रम गरीसंविधानको विरोध गरिएको छ । तीन जनाको मृत्युपश्चात त्रसित जनकपुरमा आन्दोलनकारीले शान्तिप्रर्ण आन्दोलन गरिरहेका छन् भने प्रहरीले समेत संयमता अपनाएका छन् । विरोध जुलुसका आक्रोसित सहभागीहरु निषेधित क्षेत्र तोड्न खोज्दा मोर्चाकै नेता कार्यक्रताहरु रोक्ने गरेका छन् ।
निषेधित क्षेत्रभित्रै वकीलहरुले जलाए संविधान
नयाँ संविधानलाई नेपाल बार एशोसिएसन केन्द्रले स्वागत गरेपनि धनुषा शाखाले प्रहरीले जारी गरेको निषेधित क्षेत्रभित्रै विहीवार संविधान जलाएका छन् । निषेधित क्षेत्रभित्रै रहेको एशोसिएसन धनुषाको कार्यालय अगाडि वकिलहरुले संविधान जलाँउदा प्रहरी मुखदर्शक बनेका थिए ।
एशोसिएसन धनुषाका अध्यक्ष उमेश पञ्जियारले वर्तमान संविधान कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
विहीवारै महोतरीको जलेश्वरमा समेत एशोसिएसन महोतरीले संविधान जलाएको छ । संविधान घोषणा पश्चात जनकपुरमा दिनहु थरिथरिको शैलीमा विरोधका कार्यक्रम बढदै गएको छ । विहीवार धनुषाबाट निर्वाचित विभिन्न सभासदहरुको घरमा बन्दकर्ताहरुले कालो झन्डा गाडेर प्रदर्शन गरेका छन् । कांग्रेस सभासद एवंम मन्त्री विमलेन्द्र निधि, रामकृष्ण यादव, आनन्द ढुङ्गाना, प्रमिलादास, एमाले सभासद सितल झासहितको घरमा कालो झन्डा गाडेर उनीहरु प्रदर्शन गरेका थिए भने धर्नासमेत दिएका छन् ।
संयुतm लोक्तान्त्रिक मधेसी मोर्चा, संयुतm युवा संघर्ष समिति, मधेस अधिकार संघर्ष समतिका युवाहरु प्रदर्शनमा सहभागि थिए ।




