हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले मधेशका जिल्लाहरुमा आज मोटरसाइकल रैली गर्दैछ ।
गठबन्धनको घोषित कार्यक्रमअनुसार आज प्रत्येक जिल्लामा मोटरसाइकल रैलीसहित कोण सभा हुनेछ । संविधान संशोधनसहित मधेशको माग पुरा गराउन दबाब स्वरुप मोटरसाइकल रैली आयोजना गरिएको राजपाका सचिव उपेन्द्र महतोले हुलाकी न्यूजलाई बताए ।
महतोका अनुसार आजको रैलीलाई एकता रैलीको रुपमा पनि लिइनेछ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा राष्ट्रिय जनता पार्टीमा परिणत भएपछि ६ वटा पार्टीहरुको एकतालाई यस रैलीले देखाउने महतोले बताए ।
अधिकांश जिल्लाहरुमा उत्साहका साथ हजारौंको संख्यामा रैलीमा सहभागी हुने जनाइएको छ ।



