हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका निर्वाचित सांसद कमलेश्वर पुरी गोश्वामीले पार्टीबाट राजिनामा दिएका छन् । पुरीले पार्टीबाट असन्तुष्टि जनाउँदै केन्द्रिय सदस्यबाट राजिनामा दिएका हुन् । उनि पार्टीको साधारण सदस्य एवं सांसद रहिरहने जनाएका छन् ।

शनिबार पुरीले राजपा अध्यक्ष मण्डललाई राजिनामा पत्र पठाएका हुन् । उनको राजिनामाको विषयमा राजपा नेताहरुले अनभिज्ञता प्रकट गरेका छन् ।

राजिनामा पछि हुलाकी न्यूजसँग कुराकानी गर्दै सांसद पुरीले व्यक्तिगत कारणले पार्टीको केन्द्रिय सदस्य पदबाट राजिनामा दिएको बताए । उनले उक्त स्थानमा अन्य सक्षम व्यक्तिलाई नियुक्त गर्नुपर्ने बताए । उनले आफूलाई पदको कुनै लोभ नरहेको दाबी गरे ।

समाचार स्रोतका अनुसार राजपा गठन पछि तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट नेताहरुको बढुवा भएपनि पुरीको बढुवा भएन । रुपन्देही क्षेत्र नम्बर सातबाट निर्वाचित सांसद पुरीलाई पार्टीले नजरअन्दाज गरेकोले राजिनामा दिएको नेताहरुको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.