हुलाकी न्यूज, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र खगेन्द्र माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टी नेपालबीच एकीकरण हुँदैछ ।

काठमाडौंको तीनकुनेस्थित फोरम नेपालको केन्द्रीय कार्यालयमा सोमबार दिउँसो एकीकरण घोषणा हुने जनाइएको छ ।

फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार संसद बाहिर रहेका पूर्वमा सक्रिय संघीय लिम्बुवान पार्टीसँग एकीकरण हुन लागेको हो । दिउँसो एक बजे पार्टी कार्यालयमा हुने कार्यक्रममा माखिमसहितका नेताहरु फोरममा प्रवेश गर्ने जनाइएको छ ।

स्थानीय निकायको पहिलो चरणको निर्वाचन सकिएलगतै डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरण हुने फोरम नेपालका नेताहरुले जनाउँदै आएपनि मिति तय हुन सकेको छैन । नेता श्रेष्ठका अनुसार नयाँ शक्तिसँग एकीकरण अन्तिम चरणमा पुगेपनि प्राविधिक कामहरु बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.