हुलाकी न्यूज, काठमाडौं । पहिलो चरणको निर्वाचनको विरोधमा आइतबार जनकपुरधाममा चक्का हुने भएको छ । मधेशको समस्या समाधान नगरी वैशाख ३१ गते हुन गइरहेको पहिलो चरणको चुनावको विरोधमा मधेशी युवाहरुले चक्का जामको घोषणा गरेको छ ।  उनीहरुले दुईघण्टा चक्काजाम गर्ने घोषणा गरेको छ ।

मधेशी युवाहरुको पाँचवटा संस्थाले शनिवार संयुक्त विज्ञप्ति जारी गरी देशको आधाभन्दा बढी जनताले चुनावको विरोधमा रहेको अवस्थामा सरकारले जवर्जस्ती चुनाव गराउन लागेको आरोप लगाउँदै चक्का जामको घोषणा गरिएको हो ।
आइतबार १० वजेदेखि १२ वजेसम्म चक्काजाम गर्ने तथा चारवजे विरोधसभा गर्ने पाँच संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

जेठ ४ गते सविधान संशोधन भयो भने चुनावमा सहयोग गर्ने प्रतिवद्धतासमेत सो विज्ञप्तिमार्फत जनाइएको छ । मधेश युवा संघर्ष समिति, नागरिक सरोकार समिति, मधेश नागरिक समाज, दशरथ युवा कमिटी, मधेश क्रान्ति संघर्ष समिति लगायत युवा अभियन्ताहरुले विरोध कार्यक्रमको घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.