हुलाकी न्यूज, काठमाडौं ७ आश्विन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत विरुद्ध अनावश्यक टिकाटिप्पणी गुर्न मुर्खता भएको बताएका छन् । अध्यक्ष यादवले विभिन्न क्षेत्रबाट भइरहेको भारत विरोधी वक्तव्यबाजी देश हितमा नरहेकोले छिमेकीसँगको सम्बन्धप्रति संवेदनशील रही यस्ता गलत तत्वबाट सचेत रहन आग्रहसमेत गरेका छन् ।

यादवले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालको ठहर छ ।’

विज्ञप्तिमार्फत यादवले अहिलेको आन्दोलनलाई कसैसँग जोड्नुभन्दा विगतमा भएका सहमतिहरुको आधारमा संविधानको पुर्नलेखन गर्नु पर्ने जनाएका छन् । विज्ञिप्तिमा भनिएको छ, ‘ मधेश/थरुहट लगायत मुलुकको विभिन्न क्षेत्रबाट उठेका आन्दोलनलाई अरुसँग जोड्नुको सट्टा विगतमा मधेश आन्दोलनका दौरान भएको २२ बुंदे र ८ बुंदे सम्झौता, आदिवासी जनजाति, खस, थारुसँग भएको सम्झौता, अन्तरिम संविधान २०६३ र पहिलो संविधानसभामा भएको सहमति कार्यान्वयन गरी संविधान पुनर्लेखन गर्नु नै समस्याको समाधान हुने फोरम नेपालको धारणा प्रष्ट पार्न चाहन्छौ ।’

 

Upendra-yadav-press-release

 

1 COMMENT

  1. Yesko rastriyat kasto rahecha india lai gali garda chitta dukhne Nepali janata lai nakabandi lagunda khusi hune. Afai india sanga nakabandi lagai dina sahayog magne ani bharat sanga najoda bhane duniya lai murkha nai samjhancha ki kya ho

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.