हुलाकी न्यूज, काठमाडौं । काठमाडौंमा युवाहरुले मधेशको राजनीतिक तथा समाजिक विषयमा बहस गरेका छन् । विभिन्न क्षेत्रका गरी करिब एक सय २५ जना युवाहरु सहभागी भएर मधेशका उक्त विषयमा चर्चा गरेका छन् ।

हुलाकी न्यूज डटकमले आयोजना गरेको यस कार्यक्रममा प्यानलिष्टका रुपमा अधिवक्ता दिपेन्द्र झा, हिमालयन क्लाइमेट इनिसेटिभका फाउण्डर तथा अधिकारकर्मी प्रशान्त सिंह, अगुवा युवा कासिन्द्र यादव र राजनीतिक विश्लेषक तुलानारायण साहले आफ्नो विचार राखेका थिए । उनीहरुसँग सहभागी युवाहरुले अन्तरक्रिया गरेका थिए ।

पहल नेपालको सहयोगमा आयोजना भएको कार्यक्रममा अमेरिकी विद्यार्थी रिस रविनसनले मधेशको सम्बन्धमा बनाएको डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो ।

यस कार्यक्रमको सम्पूर्ण भिडियो हुलाकी न्यूजको फेसबुक पेजमा पाउन सक्नु हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.