हुलाकी न्यूज, काठमाडौं । मधेशमा अहिलेसम्म निर्वाचनको वातावरण बन्न सकेको छैन र मधेश मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने दलहरु निर्वाचनमा सहभागी भएका छैनन् । जसकारण मधेशमा निर्वाचनको अन्यौलता कायमै छ ।

बाँकी तीनवटा प्रदेशमा स्थानीय निकायको निर्वाचन हुँदैछ । नेपालको राजधानी काठमाडौंमा पनि चुनाव लागेको छ ।
यस पटक काठमाडौं महानगरपालिकाको उपमेयरमा एक जना मधेशी महिलाले उम्मेदबारी दिएकी छन् । पूर्व पत्रकार रबीन्द्र मिश्रा नेतृत्वको साँझा पार्टीले निरुपमा यादवलाई उपमेयरको उम्मेदबार बनाएको छ ।

उनी व्यक्तिगत रुपमा पनि सक्षम रहेकीले उनको चर्चा राम्रो छ । उनलाई विवेकशील पार्टीले पनि समर्थन गरेको छ ।
अधिवक्ता समेत भएकीले उपमेयरमा कानूनी व्यक्ति आउनुपर्ने जस्ता विकास निर्माण सहितका नाराअघि सारिएको देखिन्छ । सेलरोटी चुनाव चिन्ह लिएर उठेकी उनी काठमाडौंमा मधेशी मूलकी एक्ली उम्मेदवार हुन् ।

हाल काठमाडौंमा अनुमानित करिब पाँच लाख मधेशी बसोबास गर्ने गरेका छन् । काठमाडौंमा बस्ने मधेशीहरुको सद्भाव उनीप्रति देखिन्छ भने समाजिक सञ्जालहरुमा पनि उनको समर्थक निकै देखिएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.