हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले आन्दोलनको घोषणा गरेको छ । मंगलबार विहान प्रधानमन्त्रीसँग भएको छलफलमा सहमति हुन नसकेपछि गठबन्धनले आन्दोलनको घाषणा गरेको हो ।
गठबन्धनको आन्दोलन अनुसार बैशाख २९ गते मधेशका जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र जेठ १ गते विरोध र्याली प्रदर्शन गर्नेछ । जेठ चार गतेको व्यवस्थापिका संसद बैठकमा संविधान संशोधनका लागि दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गरिएको गठबन्धनका नेता मनिष सुमनले जानकारी दिए ।
स्थानीय निकायको संख्या तत्काल बढाउनेसहित संघीय गठबन्धनको माग पुरा गराउन दबाब दिन आन्दोलन घोषणा गरिएको उनले बताए ।
जेठ चार गते संविधान संशोधन नभए आमहड्तालसहितको आन्दोलनका कार्यक्रम हुने गठबन्धनका नेताहरुले हुलाकी न्यूजलाई जानकारी दिएका छन् ।
file : Photo



