हुलाकी न्यूज, काठमाडौं । सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी(केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजपासहितको संघीय गठबन्धनलाई दोस्रो चरणको निर्वाचनमा ल्याउन गरेको प्रयास असफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटारमा बोलाएको बैठक विनानिष्कर्ष टुँगिएको हो । सत्तारुढ र प्रमुख प्रतिपक्षीले संविधान संशोधन नभएपनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुन राजपासहितको संघीय गठबन्धनलाई आग्रह गरेको थियो । तर गठबन्धनका नेताहरुले संविधान संशोधन र आफ्ना मागहरु पुरा नभएसम्म निर्वाचनमा सहभाग िहुन नसक्ने बताएका थिए ।

बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनका लागि आफुहरुले निकै प्रयास गरेपनि सफल हुन नसकेको बताएका थिए । उनले अहिले पनि संविधान संशोधनको प्रयास भइरहेको बताए ।

तर राजपाका नेताहरुले संविधान संशोधन बाहेकका मागहरु पनि सरकारले पुरा नगरेको प्रक्रिया दिएका थिए । संविधान संशोधन नभएपनि मधेश आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, क्षतिपुर्तीलगायका मागहरु समेत पुरा नभएको राजपाका नेताहरुले बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले संशोधन बाहेकका मागहरु तत्कालै पुरा हुने विश्वास पुनः दिलाएका छन् । यसअघिको बैठकहरुमा पनि प्रधानमन्त्री प्रचण्डले मुद्दा फिर्तालगायतका माग पुरा गर्ने बताउँदै आएका छन् ।

गठबन्धनका नेताहरुले संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान दोहर्याएका थिए । उनीहरुले आफुहरुको पार्टी पनि निर्वाचन आयोगमा दर्ता नभएको र आफुहरुसँग चुनाव चिन्ह पनि नभएको प्रतिक्रिया दिएका थिए ।

बैठकमा सहभागी राजपाका नेता अनिल कुमार झाका अनुसार दल दर्ता र चुनाव चिन्हका विषयमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग कुराकानी गर्ने बताएका थिए । प्रचण्डले दल दर्ता र चुनाव चिन्हको समस्या समाधान हुने विश्वास दिलाए ।

स्थानीय निकायको संख्या थप्ने जिम्मेबारी गच्छदारको हातमा

मंगलबारको बैठकमा प्रधानमन्त्रीले मधेशका जिल्लाहरुमा स्थानीय निकायको संख्या थप्ने काम केही दिनभित्रै पुरा हुने बताएका छन् । विजय कुमार गच्छदारले स्थानीय विकास मन्त्रालय सम्हाले पछि पहिलो कामका रुपमा स्थानीय निकायको संख्या बढाउने छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै स्थानीय निकायको संख्या बढ्ने विश्वास दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.