हुलाकी न्यूज, काठमाडौं । विना कुनै सम्झौता विजय गच्छदार सरकारमा सहभागी भएका छन् । मधेशमा आन्दोलन जारी रहेकै अवस्थामा यसअघि उनी सरकारमा सहभागी हुँदा सम्झौता गरेर गएका थिए । तर यसपटक उनले कुनै सम्झौता गरेनन् । जसकारण उनको पार्टीमा केही नेताहरु असन्तुष्ट देखिएका छन् ।

नेपाल लोकतान्त्रिक फोरमका नेता रामेश्वर राय यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै मधेशीको माग पुरा नभएको र अध्यक्ष गच्छदारले माग पुरा गराउने विषयमा कुनै सम्झौता पनि नगरेको बताए । यादवले असन्तुष्टि व्यक्त गर्दै विना सहमति सम्झौता सरकारमा गएर मधेशको माग पुरा हुने सम्भावना कम रहेको बताए ।

उनले पार्टी सरकारमा सहभागी भएपछि मधेशमा समस्या हुन सक्नेतर्फ पनि सचेत गराए ।

राप्रपा सरकारबाट बाहिरिएपछि उपप्रधानमन्त्रीसहित तीन वटा मन्त्रालय पाएको लोकतान्त्रिक फोरमका तर्फबाट मन्त्री तीन जनाले सोमवार साँझ राष्ट्रपति भवन शितल निवासमा सपथ लिएका हुन् । अध्यक्ष गच्छदारले उपप्रधानसहित संघीय तथा स्थानीय विकास मन्त्रीको सपथ लिएका छन् । नेता जितेन्द्र देवले पर्यटन तथा गोपाल दहितले भूमिसुधार मन्त्रीको सपथ लिएका छन् ।

यता सपथ ग्रहण पछि गच्छदारले कैलालीको टिकापुर घटनामा परी बन्दी बनाइएका आफ्ना कार्यकर्तालाई रिहा गर्ने सहमतिपछि सरकारमा सहभागी भएको प्रतिक्रिया दिएका छन् । गच्छदार १२ औं पटक मन्त्री भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.