हुलाकी न्यूज, काठमाडौं । नवगठित राष्ट्रिय जनता पार्टी नेपालको विधान र घोषणा पत्रमा स्व.गजेन्द्रनारायण सिंहको सिद्धान्त एवं भूमिकाको उल्लेख गर्ने वा नगर्ने विषयमा कार्यदलमा छलफल हुँदै आएको थियो । सद्भावना परिवार बाहेका दलहरुले पनि आ–आफ्ना पार्टीको इतिहास र सिद्धान्तका बारे पनि विधान र घोषणा पत्रमा समाबेस हुनु पर्ने दाबी गर्दै आएका थिए । यस विषयमा कार्यदलमा निकै छलफल पनि भएको छ । तर यस विषयलाई केही मिडियाले राजपा नेपाल फुटको संघारमा भन्दै प्रचार गरेका थिए ।

विधान एवं घोषणा पत्र मस्यौदा समितिका सदस्य बृषेश चन्द्र लाल भन्छन्,‘हामीबीच कुनै विवाद भएको छैन । सबैलाई समेट्ने गरी विधान र घोषणा पत्र तयार हुँदैछ । खसवादी मिडियामा अर्नगल प्रचार गरिएको छ ।’

राजपा नेपालको विधानको भूमिकामा तराई काँग्रेसदेखि पार्टी एकीकरण हुनुअघिका सम्पूर्ण दलको विषयमा छोटकरीमा राखिने भएको छ । सद्भावना परिषद्का संस्थापक स्व.गजेन्द्रनारायण सिंहदेखि बाबा रामजनम तिवारीलगायतका सम्पूर्ण मधेश राजनीतिका एतिहाँसिक व्यक्तिहरुलाई समावेश गरिएको कार्यदल सदस्य सुनिल रोहितले हुलाकी न्यूजलाई जानकारी दिए ।

रोहितका अनुसार सोमबार नै विधान र घोषणा पत्रको अन्तिम मस्यौदा अध्यक्ष मण्डलमा पेस हुनेछ ।

रोहितले भने,‘राजपामा विवाद देखाएर केही खसवादी मिडिया र केही पार्टीहरुले मधेशी जनतामा भ्रम छर्न खोज्दैछ । राजपामा तराई काँग्रेसदेखि हालसम्मको मधेश राजनीतिज्ञय र इतिहासलाई समेटिएको छ । राजपामा कुनै विवाद छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.