हुलाकी न्यूज, काठमाडौं । महन्थ ठाकुरको अध्यक्ष संघीय गठबन्धनको पहिलो बैठक आइतबार बसेको छ । विजुली बजारस्थित राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा बैठक दिउँसो तीन बजेटबा सुरु भएको छ ।

बैठकमा गठबन्धनमा आवद्ध २२ दल मध्ये १६ वटा दल सहभागी रहेको छ । बैठकमा आन्दोलन बारे छलफल हुँदैछ । व्यवस्थापिका संसदको बैठक चार गतेसम्मका लागि स्थगित भएको भन्दै संविधान संशोधनको सम्भावना टरेकोले आन्दोलन घोषणा गर्नु पर्ने गठबन्धनका नेताहरुले बताएका छन् ।

आइतबार साँझ नै गठबन्धनको निर्णयहरु सार्वजनिक हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.