हुलाकी न्यूज, रियाद । साउदीमा रहेका मधेशीहरुले स्वतन्त्र मधेशका लागि सम्मेलन गरेका छन् । शनिबार साउदीमा करिब दुई सय जना मधेशीहरुले स्वतन्त्र मधेश बनाउने विषयमा छलफल गरी संगठित भएका छन् ।

स्वतन्त्र मधेश गठबन्धनका नेता जासर यादवले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार साउदीमा करिब एक हजारभन्दा बढी मधेशीहरु स्वतन्त्र मधेश गठबन्धनसँग जोडिएका छन् । जसमध्ये शनिबार करिब दुई सय जना मधेशीहरुले स्वतन्त्र मधेशका लागि सम्मेलन गरेका छन् ।

यादवका अनुसार उनीहरु संगठित भइ स्वतन्त्र मधेशका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिवद्धता सम्मेलनमा व्यक्त गरेका छन् ।

साउदीमा उक्त सम्मेलनको संयोजन उपेन्द्र अधिकारी र निर्मल मण्डललगायतका युवाहरु गरेका छन् । सम्मेलनमा स्वतन्त्र मधेशका विषयमा बहस पनि भएको जनाइएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.