हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधामको जानकी मन्दिरसहित आसपासका मन्दिरहरुमा माता जानकीको जन्मोत्सव मनाइँदैछ ।

बैशाख शुक्ल नवमीको दिन प्रत्येक वर्ष जानकी नवमी मनाइँदै आइएको छ । जानकी नवमीको अवसरमा प्रत्येक वर्ष जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पुजाआजा हुने गरेको छ ।

विहीबार विहान जनकपुरधामको एतिहासिक दुधमती नदीमा शाही स्थान भएको छ भने दिउँसो १२ बजे जानकी मन्दिरमा जन्मोत्सव भव्यताका साथ मानाइएको छ । जसमा मधेश र विहार क्षेत्रका हजारौं दर्शनार्थीहरु सहभागी भएका छन् ।

विहीबार दिउँसो ४ बजे शोभा यात्रा निकाली जनकपुरधामको परिक्रममा गरिएको छ भने साँझ सात बजे विशेष जानकी आरती गरिएको छ । अबेर रातीसम्म बधाई गाण हुने जानकी मन्दिरका साधुहरुले बताएका छन् ।

विहीबारबाट सुरु भएको जानकी नवमी झाँकी तथा रामकथासहित २६ गतेसम्म जारी रहनेछ । २६ गते साँझा विशेष कार्यक्रम गरी जानकी नवमीको समापन हुनेछ ।

जानकी नवमीको अवसरमा नेपाल सरकारले धनुषा र महोत्तरी जिल्ला विहीबार सार्वजनिक विदा दिएको थियो ।

फाइल फोटो : अमरेन्द्र कुमार यादव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.