हुलाकी न्यूज, वीरगंज, ७ असोज । वीरगंज नाकामा धर्नामा बसेका मधेशी मोर्चाका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । बिहानैदेखि दशगजा क्षेत्रमा धर्ना बसी नाका बन्द गरेका प्रदर्शनकारीलाई हटाउने प्रयास गरेपछि दुई पक्षीय झडप भएको हो ।

झडपमा दुई जना प्रहरी र आधा दर्जन प्रदर्शनकारी घाईते भएका छन् । प्रहरीले केही सेल अश्रु ग्याँस र एक राउण्ड हवाई फायर पनि गरेको छ ।
birgunj-naka4
प्रहरीले प्रदर्शनकारीलाई नो मैंस लैंडमा बस्न नमिल्ने भन्दै त्यहाँबाट हट्न भनेका थिए । तर प्रदर्शनकारी हट्न नमानेपछि प्रहरील बल प्रयोग गरेर उनीहरुलाई प्रहरी भ्यानमा राख्न खोजेको थियो । प्रदर्शनकारीले मधेश जिन्दाबाद लगायतका नारा लगाउँदै प्रहरीको प्रतिकार गरेका छन् । बिहानैदेखि धर्नामा रहेका फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष शशि कपुर मियाले राज्यले आफ्ना माग नसुने नो मैंस लैंडमै शरणार्थी शिविर बनाउने बताए ।

वीरगंज र रक्सौलबीचको मैत्री पुलमा प्रदर्शनकारीले पाल राख्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेर रोकेको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.