हुलाकी न्यूज, काठमाडौं । संघीय गठबन्धनका एक प्रमुख नेता कुमार लिंग्देनले संघीय गठबन्धनको निर्णय विपरीत उपेन्द्र यादव स्थानीय निकायको निर्वाचनमा सहभागी भएको बताएका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता लिंग्देनले भने,‘संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने संघीय गठबन्धनको निर्णय थियो । गठबन्धनका संयोजक उपेन्द्र यादव आफै निर्णय विपरीत जानु भयो ।’
नेता लिंग्देनले संयोजक यादवले निर्वाचनमा सहभागी हुने बारे कुनै पनि छलफल नगरेको स्पष्ट पारे । मधेशी, आदिवासी, जनजातिको माग पुरा नभएसम्म निर्वाचनमा नजाने र संघर्ष गरी राख्ने भन्दै आएका यादव निर्वाचनमा सहभागी हुन आस्चर्यजनक भएको लिंग्देनले बताए ।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं संघीय गठबन्धनका नेता केशव झाले पनि संघीय गठबन्धनको निर्णय विपरीत संघीय समाजवादी फोरम नेपाल निर्वाचनमा सहभागी भएको बताए । झाले यस्तो अवस्थामा गठबन्धन रहिरहने सम्भावना कम भएको बताए ।




Naya shakti sang ko ekikaran le hola madhesh ta bechyo upendar Ji le Nepal bechane plan cha… Maithli bolne pahadi ra topi lagaune madheshi kahile pani dhokebaaj huncha..