हुलाकी न्यूज, काठमाडौं । एकीकरण पछि पहिलो पटक बसेको राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समिति बैठक तीन बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । मंगलबार दिउँसोबाट सुरु भएको बैठक अबेर साँझ सम्पन्न भएको छ ।

राजपाको पहिलो निर्णय अनुसार सबै पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले पार्टी एकीकरणलाई अनुमोदन गरेको छ । साथै नाम र झण्डालाई अनुमोदन गरिएको छ ।

दोस्रो निर्णयअनुसार दल दर्ताका लागि हस्ताक्षरसहित सम्पूर्ण जिम्मेबारी अध्यक्ष मण्डललाई दिइएको छ ।

तेस्रो निर्णयअनुसार एकीकृत पार्टी भएका छवटै पार्टीको नाममा रहेको चलअचल सम्पति एकीकृत पार्टीको नाममा राख्ने निर्णय भएको छ ।

मधेशका सम्पूर्ण जिल्लाबाट सहभागी भएका केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्मिलिन बैठकमा मधेशका प्रत्येक जिल्लामा अभियान चलाउने जानकारी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.