हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनलाई भाँडन प्रधानन्यायाधीश शुशीला कार्कीमाथि महाअभियोग लगाइएको निष्कर्ष निकालेको छ ।

संविधान संशोधन प्रक्रिया अगाडि बढ्दै गरेको अवस्थामा सरकार पक्षबाटै संशोधन हुन नदिने षड्यन्त्र भएको राजपाले जनाएको छ ।

राजपाका नेता राजेन्द्र महतोले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने,‘संविधान संशोधन अगाडि बढ्दै थियो । महाअिभयोगको कुरा ल्याएर अल्झाउने काम भएको छ । हामी आग्रह गर्दछौं कि संशोधनलाई अगाडि बढाएर राजनीतिक निकास दिनोस् ।’

पहिलो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताउँदै महतोले पार्टी निर्वाचन आयोगमा दर्ता नभएको र मधेशी मोर्चाको मागसमेत सम्बोधन नभएकोले निर्वाचनमा असर पर्न सक्ने बताए ।

महाअभियोग र निर्वाचनका विषयमा राजपाले एक विज्ञप्ति जारी गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.