
हुलाकी न्यूज, राजविराज । उपचारको अभावमा मधेश आन्दोलनका एक जना घाइतेको मृत्यु भएको छ । मधेश आन्दोलनको क्रममा सप्तरीको भारदहमा गोली लागि घाइते भएका रघु साफीको मृत्यु भएको हो ।
टाउकोमा गोली लागेका साफी विगत एक वर्षदेखि उपचार गराउँदै आएका थिए । प्रहरीको गोलीबाट उनको आँखासमेत फुटेको थियो ।
केही दिनअघि अस्पतालबाट डिसर्चाज भएका साफीको शुक्रबार राती सप्तरीस्थित आफनै निवासमा मृत्यु भएको छ ।
साफीको परिवारले हुलाकी न्यूजलाई दिएको जनकारीअनुसार आर्थिक अभावका कारण उनले राम्रो उपचार पाउन सकेका थिएनन् । साफीको परिवारको आर्थिक अवस्था पनि दयनिय रहेको छ ।




