हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधाममा मधेशको बौद्धिक गतिविधिबारे अन्तक्र्रिया हुने भएको छ । शनिवार हुने अन्तक्र्रियामा विश्लेषकहरू प्राध्यापक डाक्टर राजेन्द्र विमल, सीके लाल, वरिष्ठ पत्रकार राजेश्वर नेपालीलगायतको सहभागिता रहनेछ । कार्यक्रमा उनीहरूले मधेशमा राजनीतिक गतिविधिसहित बौद्धिक क्षेत्रमा आएको विचलन तथा प्रगतिको पनि समीक्षा गर्नेछन् । मधेशमा राजनीतिक बहस धेरै हुँदै आएपनि बौद्धिक बहसको कमी भएकाले कार्यक्रम आयोजना गरिएको आयोजक हुलाकी न्यूज डटकमका सम्पादक बीपी साहले जनाएको छ । कार्यक्रम विभिन्न दलका नेता तथा बुद्धिजीवीलगायतकोसमेत सहभागिता रहनेछ । कार्यक्रम जनकपुरधामस्थित होटल वेलकममा दिउँसो डेढ बजेबाट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.