हुलाकी न्यूज, नेपालगंज ७ आश्विन । मुस्लिम समुदायको चाड बकर इद (इदुल अज्हा) शुक्रबार एकआपसमा शुभकामना र बधाई आदानप्रदान गरेर हर्षोउल्लासका साथ मनाउने तयारी पुरा भएको छ । पाँचवटा आधारस्तम्भ आस्था, नमाज, हज, रोजा र जकातमध्ये हजलाई मुख्य मानिन्छ ।
मुस्लिम धर्मावलम्बीका लागि बक्रा इद रमजान इद(उल्ल–फित्र) पछिको दोस्रो ठूलो महान चाड हो ।
बकर इदको अवसरमा मुस्लिम समुदायले नजिकको मस्जिद र इदगाहमा गएर नमाज पढेर आ–आफनो घरमा कुर्वानी (बली) दिने चलन छ । बली केवल सम्पन्न र हैसियत भएका मानिसलाई अनिवार्य छ, वामी नेपालका कार्यक्रम संयोजक इरसाद अहमद शेखले भने, (बली) ठूलो जनावर भए सात जनाले मिलेर दिनुपर्ने हुन्छ भने सानो चौपाया एक जनाले मात्र दिनुपर्ने प्रचलन रहेको छ ।
बलि दिएको मासु, जसलाई कुरबानीको मासु भन्ने गरिन्छ, त्यसलाई तीन भागमा बाँडी एक भाग गरिब गुरुवामा, एक भाग आफन्तमा वितरण गरी एक भाग मासु आफनो परिवारमा राख्नुपर्ने मान्यता रहेको छ । हजरत मोहमदको आगमनपूर्व चार हजार वर्ष अगाडि परमेश्वरका (अल्लाहका) दूत इब्राहिम ८० वर्षको उमेरमा पत्नी हजराबाट एक सन्तान इस्माइल जन्मिए र त्यसलाई तिम्रो सबैभन्दा प्यारो चिजलाई कुरबानी देऊ भन्ने अल्लाहको आदेशलाई पालन गर्दा दूत इब्राहिमले आफ्नो प्यारो छोरा इस्माइललाई मरुभूमिमा लगेर कुरबानी दिन खोज्दा अल्लाह निकै खुसी भएर कुरबानीलाई स्वीकार गरेको विश्वास गरिन्छ । सो प्रथालाई विश्वभरका मुस्लिमहरु स्वीकार गदै आएका छन् ।
तराई मानव अधिकार रक्षक संजा थर्ड एलायन्स उप क्षेत्रीय कर्यालय नेपालगंजका संयोजक आलम खानले शुभ कामना वक्तव्य जारी गर्दै नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश भएको र यहाँ बसोबास गर्ने हरेक जात, जाति, धर्म, भाषा, संस्कृति र चाडपर्वको आ–आफनै छुट्टै पहिचान गरिमा र अस्तीत्व रहेको बताए ।
विज्ञप्तीमा देशको मधेश–थरुहट क्षेत्रमा भई रहेको आन्दोलनलाई तत्काल बार्ताबाट निकास निकालन सरकार र आन्दोलनकारीहरुलाई अनुरोधसमेत गरिएको छ । साथै विभिन्न जिल्लामा प्रशासनले लगाउँदै आएको कर्फयू तत्काल हटाई शान्तिपूर्णरुपमा बक्रा ईद पर्व मनाउने वातारण मिलाई दिन सरकारसंग माग गरिएको छ ।
यस्तै वल्ड एसम्बली आफ मुस्लिम युथ (वामी नेपाल) का कन्टरी डाइरेक्ट डाक्टर समिम अहमदले सम्पूर्ण नेपालीहरुलाई शुभ कामना सन्देश दिदै मुलुकमा नयाँ संविधान आए पनि देश द्धन्द्धकालीन अवस्थाबाट गुजरी रहेकोले देशमा शान्ति स्थापना गर्न सम्पूर्ण नेपालीलाई पहल गर्न आग्रह गर्दै सम्पूर्ण नेपाली मुस्लिमहरुलाई बक्रा ईदको शुभ कामना दिए ।
यसैगरी मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) कि केन्द्रीय सचिव सुनिता चौधरीले इस्लाम धर्मवलम्बीहरुको दोस्रो महान पर्व बक्रा ईदले आपसी मित्रता विश्वासको अभिबृद्धी गर्नमा प्रेरण प्रदान गरोस् भनी शुभ कामना दिए ।

वामी नेपालको सहयोग र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन्द्र केन्द्रको सहकार्यमा बाँकेमा ३ वटा रागांको कुब्रानी गर्न लागिएको सचिव चौधरीले बताए । चौधरीका अनुसार बाँकेको बेतहानी र दाईजोकारण आगोमा जिउदै जलाइएकी बाँकेको हिरमिनिया माईती घर भएकी रिहाना ढपालीको घरमा कुरबानीका लागि रागा प्रदान गरिएको सचिव चौधरीले बताइएकी छन् । उनले हिरमिनियामा रिहानको घरमा पहिलो पटक कुरबानीका लागि रागा घरमा पुगे पछि बेहनान पुर्वा गाँउका स्थानीय मानिसहरु हर्षीत भएक छन् । उनीहरुले वामा नेपाललाई धन्याबाद दिएका छन ।
यता रिहानाले आफ्नो घाउमा मलहम लगाउने प्रयास गरेकोले वामीलाई जति धन्यबाद दिए कम नै हुने बताउदै यस वर्षको बक्रा ईद जीवन कै अविषमरणीय हुने जिकिर गरिन ।



