
अर्कना खातुन, काठमाण्डौ, १३ बैशाख । कुपण्डोल स्थित भोलेन्टियर फाउण्डेसन नेपाल, ‘पापाज होम’मा बस्ने ११ वषिर्य अस्तिक बोल्न सक्दैन् । बोल्न नसक्ने भएकोले उस्ले पढ्न र लेख्न पाएका छैनन् ।
पापाज होमका अध्यक्ष ललित बहादुर शाही भन्छन्, हाम्रो घरमा २४ जना बालबालिका छन् । कसैको त्यति साह्रो चिन्ता लाग्दैन् किनकि सबले जसरी पनि गरिखान सक्छन् । यहाँ सब स्कूल पनि जान्छन् । सबै शिक्षित भएका कारण भविष्यको पनि खासै चिन्ता छैन् । तर, मलाई अस्तिकको अत्यन्तै चिन्ता लाग्छ ।
उँ बोल्न सक्दैन् । अहिले यहाँ घरमा हुनेजेल त ठिक छ । तर, अशिक्षित भएको कारण भविष्यमा के गरि अधि बढ्ने हो, त्यो सोचेर चिन्ता हुन्छ मलाई । शाहले भने, हुन त यहाँ बस्ने सबै बालबालिकाको खर्च टार्न बिभिन्न ठाउँहरुबाट आएको डोनेसनबाट पुगेकै छ ।
मौनताको कथा
शाहीसँग अस्तिकको मौनताको कथा पढ्नु । करिब दुई वर्ष अगाडि दशै भन्दा केहि अघि मात्र पुल्चोकको सेलवेज सुपर मार्केट अगाडिको पेट्रोल पम्प निर भेटेको थियो । कसरी भेट्नु भो प्रश्न गर्दा ? शाहीले बताए, बिबिसिमा इन्टरभिउ प्रशारण भए लगतै भोली पल्ट मलाइ फोन आएको थियो । अनएयर आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेको थिए । त्यो एक जना डाक्टरले पनि सुनेका रहेछन् । डाक्टरले जानकारी दिए त्यस बालकको ।
ति डाक्टरको घर छेउको सडकको पेटिमा सुतेको देख्दा उनलाई साहै्र माया लागेको रहेछ । म हेर्न गए र जावलाखेल पुलिस तथा केन्द्रिय बालकल्याण समितीको सहयोग तथा जानकारीमा बालकलाई आफ्नो बालगृह लिएर आए । त्यो बेला उस्को उमेर अन्दाजै १० वर्ष थियो होला । अस्तिक नाम पनि मैले नै दिएको नाम हो ।
बोल्न नसक्ने भएकोले कुनै विद्यालयले एडमिसन नै लिएन
शाहीले भने, ‘कसैलाई थाहा भएन कसरी अस्तिक त्यहाँ आइपुग्यो र काहाँबाट ? उ बाटो हराएर हो कि घरबाट भागेको कि बाआमाले नै सडकमा ल्याइ छोडेका हुन्, रहस्य नै छ । अहिलेसम्म यो प्रश्न पनि उ जस्तै मौन छ । मैले उस्को पढाइको प्रश्न गरे ? शाहीले, साह्रै दुख मानेरै भने अरु बच्चा झै पढाउँन पाए त हामी पनि खुसि हुन्थ्यौ । तर बोल्न नसकेकोले कुनै विद्यालयले एडमिसन नै लिएन । उसले केहि नजानेकोले सानो कक्षामा हाल्न खोजेको तर स्कूलमै राख्न मानेनन् । किन ? अरु बच्चको उमेरसँग नमिलेकोले राख्न मानेनन् ।’
बोल्न नसक्ने बच्चाहरुको पनि विद्यालय हुन्छ नि त्याहाँ एडमिसन गराउनु पथ्र्यो नि ?
उनले जवाफ दिए, ‘मैले मेरो तर्फबाट प्रयास नगरेको होइन् । केहि त्यस्ता स्कूलमा पनि गए तर, त्यहाँ भने पूर्ण अपाङगलाई मात्र लिने गरेका छौ । तर, उँ त सुन्न र बुझ्न सक्छ त्यस कारण त्यस्तो विद्यालयमा एडमिसन लिएनन् । मलाई पनि उसको चिन्ता लागेकै छ । शाहीले मलाई पनि सोधे बरु तपाईलाई केहि जानकारी भए पाएँ मलाई बताउँनु । अरु झै उसलाई पढाउँन पाए त म भन्दा खुसि को हुन्थ्यो होला र ।’
‘सबै बच्चाहरुलाई मैले चाहिने सबै थोक पुर्याएकै छु । तर, बस दुख यति छ कि अस्तिकलाई ज्ञानको ज्योति दिन सकिरहेको छुइन् । उनले मलाई आग्रह नै गरे बरु तपाईको लेखाईले कतैबाट सहयोग पाइदिए राम्रो हुन्थ्यो । उ हाम्रो भोलीको भविष्य हो । भोली गएर उसले धेरै गर्नुपर्ने हुन्छ तर ज्ञानको ज्योति नभए के कति गर्छ र । ज्ञानको साथै एक्स्ट्रा एक्टिभिटिज जे मा भएपनि, आफै भोलीको लागि अगाडि बढिदिए उ प्रतीको चिन्ता कम हुने थियो । म अग्रह गर्छु कुनै विद्यालयले मिल्छ भने अस्तिकलाई आफ्नो स्कूलमा भर्ना लिदिनुस् । बिनम्र आग्रह । यति भन्दै मलाई धन्यबाद टक्र्याए ।’



