अनिल महासेठ

मित्र विश्व सुब्बाले फेसबुकको फोटोमा कमेन्ट गर्दै यस्तो लेख्नु भयो, ‘तपाई भारतको कदमको विषयमा केही लेख्नु भएन । सायद तपाई भित्रबाट खुशी हुनुहुन्छ । तपाई आफूलाई कसरी नेपाली भन्न सक्नु हुन्छ ?’

मित्र, यही निर समस्या छ । नेपाली हुनलाई भारतको बिरोध गर्न जरुरी छ र ? नेपाली हुनलाई भारतलाई गाली गर्नु जरुरी छ र ? आधिकारिकरुपमा भारतले के गरेको छ, भन्न सक्नु हुन्छ ? संबिधानको स्वागत गर्नु नगर्नु उसको कुरा हो । तपाईजस्ता महान राष्ट्रबादी (हुन् त तपाई पनि जनजाती यो देशको, जसलाई यो सबिधानले पूर्ण अधिकार देको छैन) लाई के को टेन्सन छ । आफ्नै देशको ४० जना नेपाली मरेको छ ।

मित्र, यो देशको मधेशीले अधिकार पाउने कि नपाउने.? आन्दोलन गर्न पाउने कि नपाउने ? हिजो राजा ज्ञानेन्द्र शाहको पालामा पनि आन्दोलनमा दमन गर्दा हाम्रा महान राष्ट्रबादी नेताहरु बिदेशी मानब अधिकारबादीदेखि संयुक्त राष्ट्र संघलाई गुहारेकै थियो । हिजो महान क्रान्तिकारी कमरेडले पनि महान जनयुद्ध ताका सरकारले दमन गर्दा बिदेशी गुहारेकै हो । आज मधेशीसँग पनि त्यही भइरहेको छ । सरकारले समान्य आन्दोलनको नियम पनि पालना गरेको छैन । यो मैले हैन मानबधिकारबादीले नै भनेको हो ।

मित्र, कैलालीमा जे भयो, त्यो गलत भयो तर कसले गर्यो त ? यसो रिपोर्टहरु आउँदा पूर्वमहान क्रातिकारीहरुले गर्यो भनि सुनिएको छ । हेर्नुस्, मैले भारतलाई गाली गरिन, तपाईले मेरो राष्ट्रियतामा नै प्रश्न उठाउनु भयो ?

पहिला यो देशको मधेशीलाई नेपाली त स्वीकार गर्नुस् । अनि मात्र भन्नु होला यस्तो कुरा । स्वाभाविक कुरा हो जब दाजुभाईको कुरा मिल्दैन, अनी छिमेकी त आउँछनै । छिमेकीको आफ्नो स्वार्थ पनि हुन्छ नै । आफ्नोले नागरिक मार्दा केही नबोले तपाईजस्ता कथित महान राष्ट्रबादीहरु अहिले बोलेर कम छैन ।

आफ्नो दाजुभाईले घेरी–घेरी हत्या गर्ने, अधिकारको कुरा गर्दा बिखण्डनकरी देख्ने, तपाईको कथित राष्ट्रबाद हामी मधेशीलाई मान्य छैन । तपाईको कति जना मधेशी साथीहरु छन्, एक चोटी उहाँसंग कुरा गर्नुस् । उहाँको विचार सुन्नुस्, दुनियाँको कुनै पनि ठाउँमा भएको मधेशी, नेपालको कुनै पनि राजनीतिक पार्टीमा लागेको मधेशीसँग सोध्नुस् अनी थाहा पाउनु हुनेछ ।

अहिले यो देशका मधेशीहरुले के सोच्दैछ । एक छिनका लागि आन्दोलनको मांग बारे छोड्नुस्, साचिकै के सोच्दै छन् त मधेशका जनता ? मधेशी नेतालाई छोड्नुस । देश भूगोलले मात्र बन्दैन । देश त्यहाँ बसेका जनताले बन्छ ।

जनता नमार भन्नु हस्तक्षेप हो भने यस्तो हस्तक्षेप हामीलाई स्वीकार्य छ । असन्तुष्टलाई मिलाएर अघि बढ भन्नु हस्तक्षेप हो भने यस्तो हस्तक्षेप हामीलाई स्वीकार्य छ । सीमान्तकृत जनतालाई समानताको हक देउ भन्नु हस्तक्षेप हो भने यस्तो हस्तक्षेप हामीलाई स्वीकार्य छ । सामाजिक न्याय र समान व्यवहार कायम गर भन्नु हस्तक्षेप हो भने यस्तो हस्तक्षेप हामीलाई स्वीकार्यछ ।

मित्र, तपाईजस्ता महान राष्ट्रबादीले सोचेजस्तै मधेशका बहुमत जनताले पनि नेपाल सानो भए पनि गर्ब महसुस गर्छ । नेपाली हुनलाई भारतलाई गाली गर्ने कुरामा विश्वास गर्दैन । यो देश जति कोइराला, ओली, दाहाल, सिटौला, सुब्बाको हो, त्यतीनै महासेठ, यादव, महतो, साह, ठाकुरहरुको पनि हो ।

हामीलाई पनि उतिकै माया छ । जति तपाई महान राष्ट्रबादीहरुलाई छ । तर यहाँनिर एउटा प्रश्न छ ? हिजो जनान्दोलन– २ हुँदा १९ जना मात्र सहिद हुने, मधेश आन्दोलन– हुदा ५३ जना सहिद हुने ? अहिलेसम्मको मधेश आन्दोलनमा ४० जना सहिद भए । काठमाडौँमा आन्दोलन हँुदा पानीको फोहोरा चलाउने अनी मधेशमा आन्दोलन हुँदा ताकी–ताकी टाउको र छातीमा गोली चलाउने ।

मित्र, काठमाडौँमा पानीको श्रोत बढी छ कि मधेशमा ? म तपाईसँग हाम्रो मांगको बारेमा बहस गर्न चाहन्न, किन कि त्यसको लागि पहिला हाम्रो अस्तित्व त स्वीकार गर्नुस् । तपाईहरु मान्नुस्, नमान्नुस, यो देशमा तराई पनि छ, मधेश पनि छ र त्यहाँ बस्ने मधेशीहरु पनि छन् ।
हिजोसम्म ४० जना मर्दा केही नबोल्ने तपाईहरु आज भारतले यसो के बोल्यो तपाईहरु राष्ट्रवादको कुरा गर्न थाल्नु भयो त । हामी किन बोल्ने अहिले ? तपाईले आफ्नो घरमा केही चिजका लागि कुरा गर्दा तपाईलाई रूम भित्र बन्द गरेर लाठी, बन्दुकले पिट्न थाल्यो भने के–के गर्नु हुन्छ ।

४० दिन सम्म यस्तै भयो भने के–के गर्नु हुन्छ ? सोच्नुस् । भारतले के–के भन्छ त्यो उसको कुरा हो । त्यसमा पनि यहाँको मिडियामा आएको भरमा मात्र किन बोल्ने ? भारतले कहाँ भनेको छ, यसो गर उसो गर । हिजो जसरी सात दल र माओबादीबीच १२ बुदेसम्झौता दिल्लीमा भयो त्यसरी नै मधेश आन्दोलन–१ ताका नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच २२ बुँदे र ८ बुँदे सम्झौता हुँदा भारत साक्षी बसेकै हो ।

हो, साक्षी बसेको मान्छेले त अहिले आएर केही भन्यो होला । हामी पनि अहिले भन्दै छौ, भारतलाई हिजो सम्झौता हुँदा तपाईहरु साक्षी बस्ने तर अहिले आएर एकपक्ष बेइमानी गर्दा नबोल्ने ? हिजो १२ बुंदे दिल्लीमा गर्दा कहाँ थियो, तपाईहरुको राष्ट्रबाद ? टनकपुर सन्धी यही महान ओली जीले गर्नु भएको होइन ? कोशी, गण्डकी, बिप्पा के कुनै मधेशी नेताले गरेको हो ? प्रधानमन्त्री बन्न हिजोसम्म को–को गए दिल्ली ? हिन्दु राष्ट्रको लागि दिल्लीमा गएर आन्दोलन गर्दा कहाँ हराए तपाईका राष्ट्रबाद ? हिजो आदरनीय देउवा जी दिल्लीमा गएर मेरो बुवा भारतीय मूलका हुन्भन्दा कहाँ थिए तपाईका राष्ट्रबाद ?

सुनदेखि नुनसम्म भारतबाट आयात गर्ने, नेपाली फिल्मभन्दा बढी हिन्दी फिल्म हेर्ने ? भारत र पाकिस्तानको खेल हुँदा मधेशका मान्छे भारतलाई सपोर्ट गर्छ तर महान राष्ट्रबादीहरु पाकिस्तानको, किन होला मित्र ?

जहाँसम्म मलाई लाग्छ, पाकिस्तानभन्दा भारतसँग हाम्रो बढी चिज मिल्छ । यो खोक्रो राष्ट्रबाद नभएर के हो ? ऋतिक रोसन प्रकरणमा हेर्नुस्, म त्यतीबेला भर्खर काठमाडौँ आएको थिएँ । नागरिकता बोकेर हिड्नु परेको थियो । मलाई .किन होला मित्र ? बिरोध गर्नुछ भने ऋतिक रोसनको फिल्म नहेरे भैहाल्यो नि । किन मधेशी मूलका मानिसहरुलाई पिट्दै हिड्ने ? यो कस्तो राष्ट्रबाद हो ?

एक दिन दुई–चार वटा नाकाहरूमा हल्का अवरोधले त्रसित काठमाडौंवासीहरू व्याकअफइण्डिया लेख्न आतुर छन् तर आफ्नै देशमा आफ्नैबाट ४० जना मारिँदासम्म स्टपकिलिङ्गमधेश किन लेख्न जानेनन् ? किनभने तपाईहरुलाई यो देशको मधेशी नेपाली नै लाग्दैन । सबका सब भारतीय हुन हैन ? कुमाउ, गडवाल, सिक्किम, दार्जलिंगबाट आएका चाही नेपाली हुने तर नेपालकै मधेशमा बस्ने मधेशी चाही भारतीय हुने ? हामीलाई तपाईहरु जस्तो भारतलाई गाली गरेर राष्ट्र प्रेमी नेपाली हुन् छैन, हामी नेपाली हौ र रहने छौ याद गर्नुस । बराबरको अधिकार चाहियो हामीलाई ।

18 COMMENTS

  1. Anil Mahaseth Jee, thank you very much for writing so nice article. Tip: hate Madhesi, hate India and acquire the fake patriotism of Nepal.

  2. You dont have to teach us about relation with india. We were never anti indian and never want to be anti indian. It is us who have been fighting every battles along with indians. Repulsion of Alexanders conquest was possible after chandra gupta maurya and bishnu gupta chanakya make alliance with king of Nepal. Its land of nepal that provide shelter when muslim conquerer from arab and turks attack india and mascare its hindu population.its our forefathers who fought with most powerfull emperial power of that time the british empire and not let conquere atleast this portion of land. Its gurkha solders who fought with japanese in Burma and stop them from advancing into indian land hence preventing the indians from the fate that is faced by chinese. It is us who fought every battles with pakistan along with indians. It is us who spill blood to repel pakistani in kargil war. Beside these fact our country is such that remain successfull to be sovereign from thousands of years and we want to remain sovereign. Is our will to remain soverign is anti indian sentiment. If any one consider it as anti indian then we r anti indian and remain anti indian for any untollerable hardship. How much u or other indian curse british the fact is that todays mighty and united india is made by them with the use of bruteforce and land siegure. Now it is powerfull but its intention toward nepal became crystal clear. The attitude of india is Our existential threat. Though tharus are indegenous to land of terai the so called madhesis are migrants from neighbouring bihar. Some came generations ahead and rightfull Nepali citizens i hope you r among them and some grab nepali citizenship through project of indian intelligence during and after year 62/63. Now it is upto those rightfull citizens who have to prove their loyality to nepalese nationality by rejecting those indian nepali and their conspiration rather than blaming us.

    • Tharus are indigenous to land of terai and madhesis are also indigenous.
      And what about pahadis ? are they also indigenous ? NO. All so called brahmin and chhetri came from india during muslim invasion in india, nepali dress daura- suruwal are brought from Rajsthan,india. Pls read history.

    • And same applies for you too dude, without having proof dont blame some one is Indian by sure… In this case some how you also will be from their ancestors in the past.
      As far the current concern is a refugee after getting citizenship has the right to be a pure Nepali but a person living in Terai from many generations is still tagged by bihari… This is your definition … Untill you guys change your thought Nepal never could growup….

  3. Ani k teso bhaye k kura maa chai tapai harulai chitta nabujhya Tyo bhannus na ta?? Aakhir maag k ho?k aihleko sambidhan le tapai harulai bahun chhetri jatikai adhikar diyeko chaina?? Ho madhesh rajya diyena, dinu ni hunna…k bahun bhanera rajya diyo??? Achamma cha…aba bhannus k ko birodh??

    • आफ्नो अधिकार को लागि आंदोलन गर्दा सीधा टाउकोमा गोली हान्ने ? घर घर मै पसेर बच्चालाई गोली हानी हत्या गर्ने ? 40/40 जनाको हत्या गर्दा UN, USA र इंडियाले “मार्नु हुदैन” भन्नुपर्ने ? आफै muslim invasion का बेला इंडियाबाट भागेर पहाडमा लुक्ने अनि हामीलाई नै “बाहिरबाट आएकहरु” भन्ने? हाम्रो आंदोलनलाई “बिदेसीसँग युद्ध” गरे जसरी दमन गर्ने ? तराईकै अन्न खाने अनि हामीलाई नै हेप्ने ?

  4. भारत को बिरोध गरेको भन्दा पनि तराई का अन्गक्रित नागरिक लाई भारत ले उच पदमा पुर्याएर नेपाल लाई बिस्तारि सिक्किम बनौन खोजेको हो कि भन्ने डर हो.बंसज ले नेपाली मधेसी को अधिकार प्रति सबै नेपाली को समर्थन हुन्छा नै तर भारत को प्रान्त जस्तै ब्यबहार गर्न खोज्नु भनेको आदिबाशी मधेसी प्रति पनि अन्याय होइन र?

  5. ati utam. excellent. but murkhalai samjhayera ni ke garne. pratek choti thukcha pani afai ani chatcha pani afai !! jehos lakeh sandarvik lagyo!

  6. कोशी बेच्यौ गण्डकी बेच्यौ बेच्यौ टनकपुर,
    शंका गर्छौ मधेशी माथी बेच्छन कि जनकपुर ?#NotMyConstitution #ThankYouIndia

  7. अनि तपाईको भाइले छिमेकी लाई पनि तपाईको सम्पत्तिमा समान अधिकार दिनु पर्छ भन्यो भने के गर्नु हुन्छ ?के त्यों स्वीकार्य छ?

  8. Mahaseth ji tapiko bichar pakkai nepalko rastriyata birodhi xa,,kunai pani desh le 90% ajanapratinidhi bata parit sambidhan ma sidhai hastaxep garera samsodhan prastab garnu naitikta le nadine kura ho..tesmathi india ko yo action lai support garne pakkai pani desh birodhi hun,,..tini haru lai belai ma chinnu ramro ho..

  9. आफ्नो अधिकार को लागि आंदोलन गर्दा सीधा टाउकोमा गोली हान्ने ? घर घर मै पसेर बच्चालाई गोली हानी हत्या गर्ने ? 40/40 जनाको हत्या गर्दा UN, USA र इंडियाले “मार्नु हुदैन” भन्नुपर्ने ? आफै muslim invasion का बेला इंडियाबाट भागेर पहाडमा लुक्ने अनि हामीलाई नै “बाहिरबाट आएकहरु” भन्ने? हाम्रो आंदोलनलाई “बिदेसीसँग युद्ध” गरे जसरी दमन गर्ने ? तराईकै अन्न खाने अनि हामीलाई नै हेप्ने ?

  10. ज़बरदस्त लेख महासेठजी ।
    @ सुनदेखि नुनसम्म भारतबाट आयात गर्ने, नेपाली फिल्मभन्दा बढी हिन्दी फिल्म हेर्ने ? भारत र पाकिस्तानको खेल हुँदा मधेशका मान्छे भारतलाई सपोर्ट गर्छ तर महान राष्ट्रबादीहरु पाकिस्तानको, किन होला मित्र ?

  11. Abasya ho, Prabhat Ji. Hami khuleyam her6au ki centurydekhiko Madhesi especially landless, Doom, Musahar, Bantar, etc. le citizenship paeko 6ain, thuprai proof chahin6…ti landlessharulai citizenship din. Tar, Indianharu Jwai jastai CDO karyalaybat citizenship lier jan6. K Madheshile diyoko ho tyo citizenship…6 wata CDO Madhesibat khojer lyaun t 6 months lagethyo…Ani Soil Consveration Officer, District Education Officerlai CDO banakothyo.

    I mean Madhesh matrailai Indiale state gandain, Singo Nepallai nai state gan6. If Nepal and India are two countries, then why could not passport and visa have been applied; great-wall taking help from UN have been constructed to solve the problems forever. Nepal is indeed historically separate sovereign country. But, consider Pakistan and Bangladesh, they both have passport and visa systems.

    Prakash Ji, All politicians want to save themselves from India. All the hilly-people should compel politicians to make our country peaceful fulfilling their real demands of Madheshi-Aadibasi-Janjati. We should not keep in mind that Madhesi is India, Janjati is chinese and Tharu is illiterate. Madhesh, Pahad & Himal are three major ornaments of our lovely bridgegroom “Nepal”. If Madhesh is lost, Nepal will be widow lacking a major ornament in her body. Do not make her widow, decorate her and enjoy there with peace, prosperity and development. I love my Nepal…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.