
हुलाकी न्यूज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निर्वाचन विथोल्न घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । सरकारसँग भएको सहमति अनुसार सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाएको भन्दै मोर्चाले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।
आइतबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनको बैठकले आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
आन्दोलन स्थगितसँगै मोर्चाले स्थानीय निकायको निर्वाचनको तयारी गर्नेछ । पहिलो चरणमा अर्थात बैशाख ३१ गते हुने निर्वाचनमा संघीय गठबन्धनमा आवद्ध केही दिन सहभागी हुने देखिन्छ ।
दोस्रो चरणमा मधेशमा हुने निर्वाचनमा मोर्चा पनि सहभागी हुनेछ ।
तर राष्ट्रिय जनता पार्टीका सहप्रवक्ता कृष्णा सिंहले संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने बताए ।



