हुलाकी न्यूज, विराटनगर । राष्ट्रिय जनता पार्टी(राजपा)ले विराटनगरमा निर्वाचन सामाग्री जलाउनुका साथै कर्मचारीहरुलाई धपाएका छन् ।
विराटनगर सरोचियास्थित शैलेस मन्दिर अगाडि निर्वाचन सम्बन्धी गतिविधि गर्न गएका कर्मचारीहरुसँग रहेका सम्पूर्ण सामाग्री खोसेर राजपाका कार्यकर्ताहरुले जलाएका छन् । शनिबार विहान सवा ११ बजे सामाग्रीहरु जलाइएको छ ।
उक्त घटनाको नेतृत्व गरेका राजपाका नेताले हुलाकी न्यूजसँग भने,‘सैलेश मन्दिर अगाडि निर्वाचन आयोगका कर्मचारीहरुले कार्यक्रम गर्न लागेको थाहा पाएपछि हामी त्यहाँ पुग्यौं । सम्पूर्ण सामाग्रीहरु नियन्त्रणमा लिएर जलाउँदा कर्मचारीहरु आफै भागे । केही छिन मै प्रहरी आयो । हामी नारावाजी गर्दै बाहिरियौं ।’
श्रोतका अनुसार राजपाका कार्यकर्ताहरुले निर्वाचनमा खटेका कर्मचारीलाई हातपात गर्न खोज्दा भागेका थिए । कर्मचारीहरुले नै प्रहरीलाई बोलाएका थिए ।



