
हुलाकी न्यूज, काठमाडौं । अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि एकीकरणमा सहभागी भएका छन् । अव राष्ट्रिय जनता पार्टीमा छ दल सहभागी भएको छ ।
झा स्वतः अध्यक्ष मण्डलको सदस्य भएका छन् भने अन्य पदाधिकारीहरु पनि समाहित भएका छन् ।
यससँगै नेपाली जनता दललगायत अन्य साना दलहरु पनि एकीकरणमा आउन चाहेका छन् । मेघराज निषाध नेतृत्वको मधेश समता पार्टी र केही थरुहटका पार्टीहरु पनि एकीकरणमा आउन चाहेको मोर्चा श्रोतले जनाएको छ ।



