हुलाकी न्यूज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एउटै पार्टी बनेको छ । मधेशी मोर्चामा आवद्ध पाँच दलको एकीकरण भएको छ । आज दिउँसो एक बजे काठमाडौंमा एक भव्य कार्यक्रमका बीच एकताको घोषणा हुँदैछ ।

हुलाकी न्यूजलाई प्राप्त जानकारी अनुसार एकीकरणबाट बनेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । महाधिवेशनसम्मका लागि अध्यक्ष मण्डलीय प्रणालीअनुसार पार्टीको सांगाठनिक संरचना तय गरिएको छ ।

मोर्चामा आवद्ध उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपाल र अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी एकीकरणमा सहभागी भएको छैन ।

महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)बीच एकीकरण भएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.