
हुलाकी न्यूज, काठमाण्डौ । सॅयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रतिनिधिहरूलाई राष्ट्रपति बिधा देबी भण्डारीको भारत भ्रमणमा जान आग्रह गरिएपनि मोर्चाका नेताहरू सहभागि भएनन् । तर तराई-मधेश लोकतान्त्रिक पार्टीकी महामन्त्री चन्दा चौधरी भ्रमणमा सहभागी भएकी छिन् ।
नेतृ चौधरी राष्ट्रपतिको टोलीसॅगै भारत गएकी छन् । पार्टीको प्रतिनिधि भएर गएपनि तमलोपाका नेताहरूले आफुहरूलाई भ्रमणका बारे जानकारी नरहेको बताएका छन् ।
मधेशमा आन्दोलन जारी रहेको भन्दै मोर्चाका नेताहरू भ्रमणमा सहभागी हुन अस्वीकार गरेका थिए ।
यसअघि मधेशी मोर्चाले सरकारलाई समर्थन गरेको बेला प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा तमलोपाका महामन्त्री जॅगीलाल राय र सॅघीय समाजबादी पार्टीका नेता लालबाबु राउत सहभागी भएका थिए ।



