हुलाकी न्यूज, काठमाडौं । सदभावना पार्टीले विभिन्न पार्टीहरुसँग एकीकरण गर्दैछ । मंगलबार नागरिक समाजवादी पार्टीसँग एकीकरण गर्न लागेको हो ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पार्टी एकीकरण हुनेछ । राजकुमार लेखी अध्यक्ष रहेको नागरिक समाजवादी पार्टीमा थारुहरुको बाहुल्य रहेको छ ।

केही वर्षअघि गठन भएको नागरिक समाजवादी पार्टी मुख्य रुपमा मोरङ, सुनसरी, सप्तरी तथा पश्चिमको दाङ, कैलाली र कञ्चनपुरमा आधार क्षेत्र भएको पार्टी हो । पार्टी एकीकरणको घोषणा भएपनि जिम्मेबारी बाँडफाँडका विषयमा टुँगो लागेको छैन ।

त्यस्तै, सदभावना पार्टीले अन्य पार्टीहरुसँग पनि बैशाख भित्रै एकीकरणको घोषणा गर्दैछ । पहिलो चरणमा मधेशी मोर्चाकै घटक र दोस्रो चरणमा थारुमा आधार क्षेत्र रहेको पार्टीसँग एकीकरण हुने सद्भावनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.