हुलाकी न्यूज, भैरहवा । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतलाई राज्य विरुद्धको संगठित अपराधमा जिल्ला अदालत रुपन्देहीले ६ दिनको म्याथ थप गरेको छ । चैत्र ३१ गतेबाट लागु हुने गरी आइतबार साँझ अदालतले म्याथ थप गरेको हो । आइतबार नै गठबन्धनका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउसमेत गरेको छ ।

आइतबार साँझ ६ बजे अदालतमा ल्याइका डा.राउतलाई मावन अधिकारकर्मी तथा सञ्चारकर्मीहरुसँग समेत भेटघाटन गर्न दिइएको थिइएन । पक्राउ परेको २४ घण्टा भित्र अदालतमा पेस गर्ने भनिए पनि प्रहरीले आइतबार साँझ मात्र अदालत समक्ष ल्याएको थियो ।

यसअघि फागुन सात र आठ गते पक्राउ परेका सात जना गठबन्धनका कार्यकर्तालाई पनि डा.राउतसँगै म्याद थप गरिएको छ । हिरासतमा रहेकाहरुलाई आफन्तजनसँग पनि भेट्न नदिएको मानव अधिकारर्कीहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

यता अदालत समक्ष पेस गरिए पछि डा.राउतले आफुलाई सुद्ध खाना खान नदिइएको गुनासो गरेका छन् । उनले आफुलाई विरामी पार्ने नियतका साथ असुद्ध खाना खान दिइएको भन्दै न्यायाधीश समक्ष गुनासो गरेका छन् । न्यायाधीशले डा.राउतसहित हिरासतमा रहेकाहरुलाई सुद्ध खाना खान दिन निर्देशन दिएको छ भने आफ्न्त जनलाई भेटन दिनसमेत भनेको छ ।

प्रहरी श्रोतका अनुसार फागुन सात गतेको कार्यक्रमबाट पक्राउ परेका सात जना र आइतबार पक्राउ परेका आठ जना गरी १५ जनालाई एउटौ कोठामा राखिएको छ ।

1 COMMENT

  1. स्वतन्त्र मधेस गठबंधन मधेसी समुदाय दोहा कतार नेपाली सरकारको मधेसी माथि दमन अत्याचार मानवअधिकार को हनन को घोर भत्सर्ना गर्दैछन् । साथै dr ck raut लगायत सबै स्वराजीको रिहाईको लागि अनुरोध गर्द्छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.