हुलाकी न्यूज, सिरहा ।
राज्य विरुद्धको सांगठनिक अपराधमा सिरहा जिल्ला अदालतले सफाइ दिएपनि अदालत परिसरबाटै स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई पक्राउ गरिएको छ ।

बिहीबार सिरहा जिल्ला अदालतले राज्य विरुद्धको संगठित अपराध मुद्दामा कुनै ठोस प्रमाण फेला नगरेपछि डा. राउतलाई रिहा गर्न आदेश दिएको थियो ।

रिहा भएलगत्तै डा. राउतलाई रुपन्देही प्रहरीले पक्राउ गरी रुपन्देही लगेको छ ।

चैत्र २१ देखि ३० गतेसम्म सरकारी र विपक्षी कानुनका विद्वान् वकिलहरुको लगातारको १० दिने बहस सकी डा.राउत, उनका संगठन र सहयोगीहरुमाथि लगाइएको मुद्दा प्रमाणित नभएपछि सिरहा जिल्ला अदालतले रिहा गरेको थियो ।

डा.राउतमाथि लगाइएका राज्य विप्लव, राजद्रोह जस्ता मुद्दाहरु समेतमा विशेष र सर्वोच्च अदालत, काठमाण्डौं र जिल्ला अदालत रौतहटले गरेको फैसलाका मिसिलहरुका आधारमा जिल्ला अदालत, सिरहा समेतले डा.राउत लगायतका नेताहरुलाई बिहीबारको दिन रिहा गर्ने आदेश दिएको थियो ।

रिहा भइसकेका डा.राउतलाई कुनै कारण नबताउँदै पुनः अदालत प्रांगण बाहिरबाट नेपाल प्रहरीद्वारा गिरफ्तार गरिएको छ ।

1 COMMENT

  1. itihas sakkchhi chh ki tulo leader bannu bhanda sab ko yo pre test ho chahe linkan, gahdhi hos ya mandelaa sab starting yhi bat ho….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.