
हुलाकी न्यूज, काठमाडौं । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पदाधिकारीहरु महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालीन धर्नामा बसेका छन् ।
झण्डै दुई वर्षदेखिको विवाद केन्द्रीय पदाधिकारीहरुको ब्यापक उदासिनता र गैरजिम्मेवारीपनाले गर्दा समाधान हुन नसक्दा समस्या समाधानका लागि बुधबारदेखि महासंघको काठमाडौस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालिन धर्नामा बसेको सप्तरीका पदाधिकारीहरु बताउँछन् ।
यसअघि विवाद समाधान गर्न मागसहितको ज्ञापन पत्र केन्द्रीय कार्यालयमा पटक–पटक बुझाईसकेको, सप्तरीस्थित महासंघका सबै पूर्व अध्यक्षहरुसमेत सप्तरीको विवाद समाधान गर्न केन्द्रीय पदाधिकारीहरुलाई पटक–पटक आग्रह गरिसकेको जनाइएको छ ।
यसअघि महासंघको केन्द्रीय कार्यसमितिले सप्तरीमा देखिएको विवादलाई मध्यनजर गर्दै गत फागुन ७ गतेको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको थियो । तर, उक्त विवाद समाधानै नगरी पछिल्लो पटक आउँदो बैशाख ७ गतेभित्र अधिवेशन गराउनुपर्ने महासंघको केन्द्रीय कार्यालयले जनाएपछि आफूहरु आश्चर्यचकित हुँदै विवाद समाधानका लागि संघर्षमा उत्रिन बाध्य भएका जनाएका छन् ।
मागहरु :
१. विधान सम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने,
२. प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने,
३. विवाद समाधान गरी अविलम्ब शाखा सप्तरीको अधिवेशन गराउनुपर्ने ।
४. निरंकुश तरिकाले बन्द गरिएको सप्तरी शाखाका बैंक खाताहरु फुकुवा गर्नुपर्ने ।
धर्नाकारीहरु :
श्रवणकुमार देव, काबा अध्यक्ष, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
सुधा देव, सहसचिव, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
मनोज माझी, कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
भुषण सिंह, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
चन्दन यादव, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
बृजमान तमाङ्ग, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
राजकुमार पासवान, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
जितेन्द्र खड्गा, सल्लाहकार, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
अवधेशकुमार झा, केन्द्रीय सदस्य, नेपाल प्रेस यूनियन
देवराम यादव, केन्द्रीय उपाध्यक्ष, प्रेस सेन्टर नेपाल
रामनारायण विश्वास, काबा अध्यक्ष, नेपाल प्रेस यूनियन, सप्तरी
गोपाल गुप्ता, अध्यक्ष, प्रेस सेन्टर नेपाल, सप्तरी
जितेन्द्रकुमार झा, सचिव, संघीय प्रेस फोरम, सप्तरी
धर्मपाल राउत, कोषाध्यक्ष, संघीय प्रेस फोरम, सप्तरी
बैधनाथ यादव, साधारण सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
माला कर्ण, साधारण सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी
कृष्णकुमार मण्डल, साधारण सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी



