हुलाकी न्यूज, काठमाडौं ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बुधबार तमलोपा कार्यालयमा बसेको मोर्चाको बैठकले संविधान संशोधन गरी मागहरु सम्बोधन नभएसम्म आन्दोलन निरन्तर जारी नै रहने निर्णय गरेको छ ।

आन्दोलन जारी रहेको अवस्थामा हुने निर्वाचनमा मोर्चा सहभागी नहुने निर्णय गरेको छ । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले सीमांकन लगायत मूलभूत मुद्दाहरु सम्बोधन नहुने निष्कर्ष निकाल्दै उक्त संशोधन विधेयकलाई मोर्चाले अस्वीकार गरेको छ ।

चैत ३१ गते बिहीबा मधेशका सबै जिल्लाहरुको सदरमुकाममा जुलुस प्रदर्शन गर्ने, बैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालयहरु घेराउ गर्ने र बाँकी आन्दोलनका कार्यक्रमहरु पछि तय गरिने मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।

मोर्चा/संघीय गठबन्धनले उठाएका मुद्दाहरुलाई सम्बोधन गराउन शान्तिपूर्ण अहिंसात्मक जनअवज्ञा आन्दोलनलाई निरन्तर जारी राख्ने निर्णय गर्दै आन्दोलनका थप कार्यक्रमहरुसमेत सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.