
हुलाकी न्यूज, काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको पासपोर्ट (राहदानी) र बैंक खाताहरु रोक्का गरिएको छ । डा.राउतको पासपोर्ट रोक्का गर्न नेपाल प्रहरीले चैत्र १५ गते परराष्ट्र मन्त्रालयलाई पत्र लेखिसकेको छ भने बैंक खाताहरु रोक्का चैत्र १६ गते बैंकहरुलाई पत्र पठाइएको छ र सोही मितिमा अदालतले पनि स्वीकृति दिएको छ ।
डा.राउत राज्य विरुद्धको संगठित अपराधमा संलग्न भएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय लहान, सिरहाले राहदानी विभागलाई पासपोर्ट रोक्का गर्न र नयाँ पासपोर्ट जारी नगर्न भनेको छ ।
यसैगरी सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुव प्रसाद सापकोटाले डा.राउतको नाममा कुमारी बैंक पुतली सडक काठमाडौंमा रहेको बैंक खाता र सनराईज बैंक लिमिटेड राजविराज सप्तरीमा रहेको खाता रोक्का गर्न आदेश दिएको छ । डा.राउतले छोराछोरीको अध्ययनको खर्च तथा जनकपुरधाममा बस्दै आएको डेराको भाडा सोही बैंक खातामा रहेको रकमबाट तिर्दै आएको परिवारजनले हुलाकी न्यूजलाई बताएका छन् ।
बैंक खाता रोक्का भएपछि गर्भवती रहेकी डा.राउतकी श्रीमतिले उपचार खर्चसमेत जुटाउन समस्या
बैंक खाता रोक्का भएपछि गर्भवती रहेकी डा.राउतकी श्रीमतिले उपचार खर्चसमेत जुटाउन समस्या हुने परिवारजनले जनाएको छ ।
त्यस्तै नेपाल प्रहरीले डा.राउतको वेवसाइट, फेसबुक पेज, फेसबुक अकाउण्ट, ट्वीटर अकाण्ट लगायतका सम्पूर्ण माध्यमहरु बन्द गर्न लागेको छ । प्रहरीले माघ २५ गते नै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाइसकेको छ ।
नेपाल सरकारले डा.राउतको पासपोर्ट र बैंक खाताहरु रोक्का गरेर आधारभुत अधिकारहरुबाट बञ्चित गरेको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले नेपाल सरकारको आलोचना गरेको छ ।
डा.राउतलाई सोशल मिडिया प्रयोग गर्नबाट रोक लगाउनु अभिव्यक्ति स्वतन्त्रताको खिलाफ भएको एशियन ह्युमन राइट कमिसनले ठहर गरेको छ ।
एक वक्तव्य जारी गर्दै एशियन ह्युमन राइटले डा.राउतलाई मावन अधिकारबाट बञ्चित गरिएको भन्दै अन्तर्राष्ट्रिय संघसंस्थाहरुको समेत ध्यानाकर्षण गराएको छ ।




यो चाहिँ कहाँको नियम हो ?
यसरी नेपाल सरकारले गर्नु मिल्दैन ।
डा. राउत को राहदानी र बैंक खाता बन्द गरेर राम्रो गरेको छैन ।
डा. राउतको राहदानी र बैंक खाता नेपाल सरकारले खोल्नु पर्छ ।
I love C K Raut.