
हुलाकी न्यूज, मोहत्तरी । मोहत्तरी जिल्लाको भटुलिया गाउँ कमिटीको अध्यक्षमा रामप्रताप महासेठ चयन भएका छन् । सरकारले स्थानीय तह पुनर्संरचना गरे पनि सद्भावना पार्टीले पुरानै संरचना अनुरुप संगठन निर्माण गरिरहेका छन् ।
उपाध्यक्षमा राज किशोर मण्डल, सचिवमा महेन्द्र महासेठ, कोषाध्यक्षमा मिना देवी मण्डल, सदस्यहरूमा महेन्द्र महरा, मो. सलिम अनसारी र राम ज्योति देवी लगायत १५ सदस्य कमिटि गठन गरिएको छ ।
त्यस्तै सद्भावना पार्टीको एकडारा गाउँ कमिटीको अध्यक्षमा रबिन्द्र पजियार चयन गरिएका छन् । उपाध्यक्षमा सुरेश कुमार साह, सचिव अरूण साह, सह सचिवमा रमेश मण्डल, कोषाध्यक्षमा अनारो देवी मण्डल, सदस्यहरूमा शंकर पासवान, गुगल पासवान र श्रीचन मुखिया लगायत १५ सदस्य समिति गठन गरिएको छ ।
सद्भावना पार्टीको गाउँ कमिटी स्तरीय विभिन्न कमिटिहरु बनाउनु क्रम जारी रहेको सद्भावना पार्टीका मोहत्तरी क्षेत्र नं. ४ को अध्यक्ष सुभाष चौधरीले जानकारी दिएका छन् ।
सोही भेलामा सद्भावना पार्टीकोजिल्ला अध्यक्ष रामबाबू साह, जिल्ला सचिव कुशेष्वर महासेठ, जिल्ला सदस्य रामपुकार मण्डल, समुन्द्री जादव, शिक्षक मञ्चका केन्द्रीय महा सचिव लालबाबु यादव, महिला मञ्चकी जिल्ला अध्यक्ष चन्द्रकला सिंह र सद्भावना पार्टीका केन्द्रीय सहमहासचिव एवम् पूर्वमन्त्री सुरीता साहको विशेष उपस्थितिमा गाउँ कमिटीहरू गठन गरिएको छ ।



