हुलाकी न्यूज, काठमाडौं । संघीय समाजवादी फोरम नेपालमा देशब्यापी प्रवेश गर्नेको व्यापक लहर चलिरहँदा एक जना पूर्वमन्त्री र १५ जना पूर्व गाविस अध्यक्षसहित हजारौंको संख्यामा नेता कार्यकर्ताको ठूलो समूह प्रवेश गरेको छ ।

प्रभावशाली नेताहरुले पार्टी प्रवेश गरेसँगै पर्सामा वर्चश्व कायम गर्दै फोरम नेपालको पकड झन् बलियो भएको पार्टी जिल्ला अध्यक्ष प्रदीप यादवले बताए ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी हजारौंको संख्यामा प्रभावशाली नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका हुन् । सघीय समाजवादी फोरम नेपाल पर्साले पचगवामा सोमबार आयोजना गरेको बृहत् पार्टी प्रबेश कार्यक्रममा राप्रपाका पूर्व मन्त्री मोहनलाल चौधरी प्रवेश गरेका छन् ।

राप्रपाकै पूर्व पर्सा जिल्ला अध्यक्ष मुखदेव पञ्जियार, कांग्रेसका चर्चित नेता सलीम अन्सारी, एमालेका प्रभावशाली नेता जितेन्द्र यादवसहित भारी संख्यामा कार्यकर्ता फोरम नेपालमा प्रवेश गरे ।

नेपाली कांग्रेस ट्रेड यूनियनका केन्द्रीय सदस्य एवं एनजीओ सिसीका अध्यक्ष रामनरेश यादव, एमाले राष्ट्रिय परिषद सदस्य जितेन्द्र यादव, नेकपा माओवादी केन्द्र पर्साका पूर्व सचिव बालेश्वर गौरो, तमलोपा निकट शिक्षक यूनियनका पूर्व केन्द्रीय अध्यक्ष हरिहर दास कानू पनि फोरम नेपाल प्रवेश गरेका छन् ।

पूर्व गाविस अध्यक्षहरु नागेन्द्र यादव, सलीम अन्सारी, भूपदेव राय थारू, काशी प्रसाद यादव, मुखदेव पञ्जियार, शिव राय थारू, कÞासिम अन्सारी, रूपनरायण पटेल, गौरीशंकर प्रसाद कलाकार, मुख्Þतार अन्सारी र वीरगञ्ज नगरपालिका १ का पूर्व अध्यक्ष श्याम सुन्दर साह सहित दुई हजारको संख्यामा सक्रिय कार्यकर्ताको समूह फोरम नेपाल प्रवेश गर्यो ।

पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी प्रभावशाली नेता कार्यकताहरुलाई पार्टी प्रवेश गराउँदै फूलमाला र अबीरले स्वागत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.