हुलाकी न्यूज, सिरहा ।
सुखीपुर नगरपालिकालाई गाउँपालिकामा रुपान्तरण गरेको विरोधमा स्थानीय नेताहरुको आमरण अनसन आज ६औं दिनमा जारी रहेको छ ।

गत बुधबारदेखि आमरण अनसनमा संघर्ष समितिका संयोजक तथा नेपाली काँग्रेसका सुखीपुर नगरका युवा नेता विपी भुवन यादव, नेकपा एमालेका युवा नेता राम किशुन यादव, राम भरोष साह, संघीय समाजवादी फोरम नेपालका हरेराम यादब र विन्देश्वर पजियार बसेका छन् भने आजदेखि गणतान्त्रिक फोरमका सुखीपुर नगर अध्यक्ष राज कुमार महतो पनि आज देखि आमरण अनसनमा बसेका छन् ।

आरमण अनशनमा बसेकाहरुको स्वास्थ्य आवस्था दिनप्रति दिन बिग्रिदै गएको छ । नगरका ब्यपारीहरुले आइतबार आ–आफना पसल बन्द गरेर आक्रोश पोख्दै ४ घण्टा जिरोमाईल बरियारपट्टी सडक खण्डमा चक्काजामसमेत गरेका थिए ।

राज्यले विभेद गरेको भन्दै सुखीपुरलाई नगरपालिका कायम गराउन सिरहा जिल्लाभरी अश्चितकालीन बन्द गर्न स्थानीय नेताहरुले दबाबसमेत दिइरहेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग, जिल्लाका नेताहरुले सुखीपुरको जायज माग सम्बोधन गर्न सरकारसँग माग गर्दै अनशणकारीको माग तुरुन्त पुरा गरी जिवन रक्षा गरिदिन सरकार समक्ष आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.