हुलाकी न्यूज, काठमाडौं, ६ असोज । नेपाल–भारत सीमा क्षेत्रको विभिन्न नाकाहरु ठप्प गरी थरुहट–थारुवान संघर्ष समितिले राजधानीलाई नाकाबन्दी गर्ने निर्णय लिएको छ । बुधबार सिंहदरबारमा बसेको थरुहट–थारुवान समितिका नेताहरुको बैठकले राजधानीलाई नाकाबन्दी गर्ने र राजमार्ग ठप्प पार्ने निर्णय गरेको हो । थारु मोर्चाले मधेशी मोर्चासँग सहकार्य गरेर आन्दोलन सशक्त बनाउने निर्णय पनि लिएको छ ।

थारु मोर्चाले मधेशी मोर्चासँग मिलेर काठमाडौंमा खाद्यान्नलगायतका सामान आउन नदिने र भारतीय नाका ठप्प पार्ने निर्णय पनि लिएको छ । मधेशी मोर्चासँग आगामी रणनीतिबारे छलफल गर्न थरुहट/थारुवान संघर्ष समितिका केन्द्रीय नेताहरु मधेश जाने भएका छन् ।

उनीहरुले अबको आन्दोलन पूर्ण रुपमा राजमार्ग केन्द्रित हुने र नाकाबन्दी गर्नेतर्फ सक्रिय हुने जनाएका छन् ।

यसअघि बुधबार नै मधेशी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्दै भारतीय सीमामा नाकाबन्दी गर्ने र राजमार्ग ठप्प पार्ने निर्णय लिएको थियो ।

यता, समितिले थारु आन्दोलनकारीहरुलाई ज्यान मार्ने मुद्दा दर्ता गराएर प्रशासनले थारुलाई तर्साउन खोजेको भन्दै मुद्दा फिर्ता लिन चेतावनी दिएको छ ।

तस्विर : थारुवान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.