हुलाकी न्यूज, काठमाडौं । मधेशवादी दलका सांसद र थरुहट तराई पार्टीका सांसदहरुले संसद बैठक बहिष्कार गरेका छन् । सोमबार संसद बैठक सुरु हुनेबित्तिकै मधेशी र थारु सांसदहरुले बहिष्कार गरेका थिए ।

उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म संसद बहिष्कार गरिरहने कुरा सभामुखलाई बताउँदै बाहिरिएका थिए ।

उनीहरुले संविधान संशोधन गर्नुपर्ने, आन्दोलनका बेला पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहा गर्नुपर्ने र कैलालीमा बन्दीको जीवन बिताइरहेका थारुहरुलाई रिहा गर्नुपर्ने माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.